गण्डकी प्रदेश सभा बजेट अधिवेसन सुरु आउदो बजेट कोरोना बिरुद्ध स्वास्थ्य क्षेत्रमा केन्द्रित हुने

दीननाथ बराल/अनलाइनअन्नपूर्ण÷पोखरा ११, जेठ

गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आज (आइतबार) देखि पोखरामा सुरु भएको छ । पोखराको नदीपुर स्थित नगर प्रशिक्षण केन्द्रमा संचालन हुदै आएको प्रदेश सभा बैठक कोरोना भाइरसको कारण पोखरा सभागृहमा पहिलो पटक आइतबार भएको हो ।
आउदो बर्ष २०७७÷०७८ को निती तथा कार्यक्रम ल्याउदा कोरोना बिरुद्ध स्वास्थ्य क्षेत्रमा बजेट केन्द्रित गर्न सांसदहरुले सुझाब दिएकाछन्। अधिवेसनमा वोल्ने अधिकांश सांसदहरुले नयाँ योजना भन्दा मानव जातिलाई बचाउने गरी कोरोना बिरुद्ध स्वास्थ्य क्षेत्रमा बजेट केन्द्रित गर्न सुझाव दिएका हुन्।
अधिवेसनमा सम्बोधन गर्दै प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले समय र परिस्थिती अनुसार कार्यक्रम स्वास्थ्य क्षेत्रमै केन्द्रित हुने गरी ल्याउने बताए । उनले भने “ विश्व व्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसको कारण मानव जातिलाई अस्तित्वमा नरहने हो कि भन्ने अबस्थामा हामीले पनि मानव जातिलाई बचाउनु पहिलो कर्तव्य भएको हुदा सरकारको ध्यान कोरोना भाइरस (कोभिड—१९) बिरुद्धको रोकथाम, नियन्त्रण र सतर्कताको क्षेत्रमा केन्द्रित हुने गरी स्वास्थ्य क्षेत्रमा बजेट केन्द्रित गर्ने भएका छौं ।” संघिय सरकार भन्दा पहिले नै प्रदेश सरकारले कोभिड १९ बिरुद्ध पहिलेनै कदम चाल्न सुरु गरेको दाबी गर्दैै मुख्यमन्त्री गुरुङले प्रदेशमा भएको सिमित श्रोतसाधनलाई अधिकमात्रमा प्रयोग गरी हालसम्म अघि बढेको जनाए । कोरोनाको कारण लकडाउनले मात्र सवै समस्या समाधान नहुने भएकोले प्रदेश सरकारले वैशाख १६ गते देखि विकास निर्माण र उत्पादनलाई संचालनको लागि केही खुकुलो पार्दै आएको उनले जनाए । कोरोना बिरुद्धको काम गर्न प्रदेश सरकारले कुनै काम गर्न कुनै कसर बाँकी नराखेको मुख्यमन्त्री गुरुङले दाबी गरे । स्वास्थ्य, शिक्षा र कोरोनाबाट सृर्जित समस्याको समाधान गर्न पनि बजेट केन्द्रित गर्दा अन्य नयाँ विकासका योजनाहरु समेटिन नसम्ने अबस्था आएको उनले पुष्ट पारे ।
मनाङ र मुस्ताङमा ३÷३ अन्य जिल्ला अस्पताललाई न्यूनतम ५÷५ बेडको सघन उपचार कक्ष (आइसियू) बेड स्थापना गर्न निर्देशन दिएको, स्वास्थ्य सामाग्रि खरिद गर्न समेत लागि परेको उनले बताए । कोरोरा बिरुद्धको कार्यमा हालसम्म करिब १३ करोड ४९ लाख खर्च भएको मुख्यमन्त्री गुरुङले जनाए । उनका अनुसार प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइर रोकथाम र उपचार कोषमा हालसम्म १८ करोड संकलन भएको छ । ३ करोड विभिन्न व्यक्ति तथा संघ संस्थाबाट संकलन भएको छ । उक्त रकम सहित प्रदेश सरकारले १५ करोड उक्त कोषमा स्थापना गरेको थियो । गण्डकी प्रदेशमा हाल कोरोना परिक्षण गर्ने मेसिन दुई वटा मात्र भएकोले एउटा पुनः थप गर्ने योजना प्रदेश सरकारको रहेको उनले जनाए । प्रदेश सरकारले पुनः १३ करोड कोरोना बिरुद्ध उपचार र रोकथामको लागि खर्च गर्ने भएको मुख्यमन्त्री गुरुङले बताए । प्रदेशमा हालसम्म ५ जना शंक्रमित भएकोले प्रदेशमा अहिलेकै अबस्था कायम राख्न कोरोना बिरुद्ध सतर्कता र सजग हुन सम्पूर्णमा उनले आव्हान समेत गरेकाछन्। प्रदेश सरकारले कोरोना जस्ता सरुवा रोगको बिशिष्टिकृत अस्पताल समेत बनाउने योजनामा रहेको उनले बताए । दोश्रो चौमासिकमा सरकारले यस चालु बर्षमा भने २७ प्रतिशत बजेट खर्च गरेको मुख्यमन्त्री गुरुङले दाबी गरे । अघिल्लो बर्ष भने ८ प्रतिशत मात्र खर्च भएकोमा यस बर्ष धेरै सुधार भए पनि बर्षको अन्तिम समयमा कोरोनाको कारण योजना प्रभावित हुने उनले जनाए ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालको गुमेको जमिन फिर्ता ल्याउने बिषयमा नक्सा प्रकासन गरी सार्वजनिक गर्ने उक्त निणर्य स्वागत योग्य भएको मुख्यमन्त्री गुरुङले बताए । उनले भने “राष्ट्रिय स्वाधिन र राष्ट्रिय अखण्ड प्रति जसरी नेपालका सवै राजनीतिक दलहरु एक भएका छन अब कोरोना बिरुद्धको लडाईमा पनि यसै गरी एक भएर लाग्नुको विकल्प छैन्। ” देशको विसम परिस्थितीको वेला पार्टी, पार्टी र पार्टी भित्रको द्धन्दले जनता र मुलुकको हितमा नहुने उनको भनाई थियो ।
प्रमुख प्रतिपक्षदलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश सरकारसंग रहेको केही विमतिहरु तत्काल सम्बोधन गर्न माग गर्दै कोरोनाको कारण हाल खान नपाएका भाका जनतालाई राहत वितरण गर्न माग गरे । प्रदेशका कोरोना सम्बन्धि अस्पतालमा आवश्यक स्वास्थ्य सामाग्रिहरुको व्याबस्था मिलाउन आग्रह गर्दै नेता नेपालीले व्यबस्थित क्वारेनटाइन बनाउन माग गरे । स्वदेश फर्किन चाहेका नेपालीलाई तत्काल उद्धार गरी व्यबस्थापन सहित उनीहरुको रोजगारको ग्यारेन्टी गर्न उनले सुझाव दिए । निजी क्षेत्रलाई कोरोनाले पारेको प्रभावलाई मुल्याङकन गरी राहत प्याकेज ल्याउनु पर्ने नेता नेपालीले सरकारलाई सुझाव दिए । बजेट कान्वयन हुने गरी बजेट ल्याउनु पर्ने उनको जोड थियो ।
सांसद कृष्ण थापाले संघिय सरकारले नेपालको भूमि फिर्ता गर्ने बिषयमा गरेको निणर्य स्वागत योग्य भएको बताए । प्रदेशमा अस्पतालमा सोत साधन निकै कमजोर अबस्था भएकोले तत्काल त्यसको राम्रो प्रबनध गर्न उनले आग्रह गरे । स्वास्थ्य बिषेश कार्ययोजना ल्याउन सरकारलाई आग्रह गरे । अपाङग, एकल महिला, ज्येष्ठ नागरिकको भक्ता कटौंती गर्न नहुने उनको जोड थियो । उनले सांसद रामजी बराल जीवनको स्वास्थ्य लाभको कामना गरे । सांसद बरालको विगत चार दिन देखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भई रहेको छ । उनको आन्दामा समस्या भएको कारण शल्यकृया गरेको हो ।
अर्को सांसद हरीशरण आचार्यले पोखरा सभागृहलाई प्रदेश सभाको हल बनाउन कुरा उठाउदै आए पनि कोरोनाले गर्दा पोखरा सभागृहमा हुने व्याबस्था भएको बताए । कोरोना सम्बन्धि फ्रन्ट लाइनमा रहेर काम गर्नेलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए । तीन तहको सरकारको समन्वयमा राहत र कोरोना बिरुद्धको कार्यक्रम प्रभावकारी हुनु पर्ने उनको जोड थियो । नेपाली जनताको जिवन रक्षा पहिलो प्रथामिकता हुनु पर्ने सांसद आचार्यको भनाई थियो । सभामुख नेत्रनाथ अधिकारीले जेठ १३ गतेसम्मको लागि अधिवेसन स्थगित भएको जानकारी गराए । पोखरा सभागहृमा प्रदेश सभाको पहिलो पटक बैठक बसेको हो ।
पोखरा सभागृहमा उक्त अधिवेसन हुने भए पनि हाल रातरात रंगरोगन तथा कुर्सि मर्मतको काम भएको हो । सांसदहरु एउटा कुर्सि छाडी दुरी कायम गरी बसेका थिए । पत्रकार र दर्शकहरुलाई भने माथिल्लो तलामा ठाँउ व्याबस्था गरिएको थियो । यस अघि मुख्यमन्त्री, मन्त्री सहित सांसद, कर्मचारीहरुको कोरोना सम्बन्धिको पिसिआर परिक्षण गरिएको थियो । सवैको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

Facebook Comments