गण्डकी प्रदेश :केश अनुसन्धान तथा कन्ट्रयाक्ट ट्रेसिङ सम्वन्धि भर्चुअल अभिमुखिकरण

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ ०९

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा केश अनुसन्धान तथा कन्ट्रयाक्ट ट्रेसिङ सम्वन्धि भर्चुअल अभिमुखिकरण कार्यक्रम गरिएको जानकारी दिएको छ ।

कार्यक्रममा स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्मा, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख शम्भु ज्ञवाली, स्वास्थ्य निर्देशनालयबाट नवराज शर्मा, लक्ष्मण बसौला र दिवाकर शर्मा सहभागि हुनु भएको थियो ।

विश्व स्वास्थ्य संगठनबाट भानु यांग्देन, डा.राजिव लालचन, डा.दीपेन्द्र गौतम, डा.सुवास न्यौपाने, डा.नन्दलाल सिकर्मी, शंकर अधिकारी, सुवोध लामिछाने, किरण घिमिरे र स्वर्णिम आग्बोको सहभागिता रहेको थियो । कार्यक्रममा GO.Data सफ्टवेयर सम्वन्धि प्रशिक्षण गरिएको थियो ।

स्वास्थ्य निर्देशक डा. शर्माका अनुसार सामाजिक विकास मन्त्री नरदेवी पुनको उपस्थितिमा गण्डकी प्रदेश सरकारका प्रमुख सचिवहरु, विभिन्न मन्त्रालयका सचिवहरु, स्वास्थ्य तालिम केन्द्र तथा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक, सामाजिक विकास मन्त्रालयका विभिन्न महाशाखाका प्रमुख तथा गण्डकी प्रदेश पीसीआर परिक्षणको आगामी योजनाका बारेमा छलफल गरिएको छ ।

यस्तै स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्मा, समाजिक विकास मन्त्रालय, नीति, कानून, मापदण्ड योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख शम्भु ज्ञवाली, अस्पताल विकास महाशाखा प्रमुख डा.राम बहादुर के.सी, विश्व स्वास्थ्य संगठनका डा.दीपेन्द्र गौतम, डा.सुवास न्यौपाने, डा.राजिव लालचनबीच कोभिड १९ केश अनुसन्धान तथा कन्ट्रयाक्ट ट्रेसिङ को महत्व र त्यसको पूर्व तयारी, स्थानिय तहमा गठन गरिने सिआईसिटी टीमको बारेमा छलफल गरिएको छ ।

हब तथा सेटेलाईट अस्पतालमा काम गर्ने प्रयोगशालाकर्मीहरुलाई प्रयोगशाला सम्वन्धि अभिवृद्धि गर्नको लागि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश तथा प्रदेश स्वास्थ्य प्रयोगशालाको आयोजनामा पर्वत र बागलुङमा अभिमुखिकरण सम्पन्न भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

Facebook Comments