गण्डकी प्रदेश उज्यालो प्रदेशः मूख्य मन्त्रि गुरुङ

लेखनाथ । गण्डकी प्रदेश उज्यालो प्रदेश बनाउने प्रदेश सरकारको लक्ष्य रहेको गण्डकी प्रदेशका मूख्य मन्त्रि पृथ्वी सुब्बा गुरुङले बताएका छन् ।

थमन परियार स्मृति प्रतिष्ठान नेपालको आयोजना र पोखरा महानगरपालिका वडा नं.२८ को सह आयोजनामा बुधवार देखि कास्कीको माझठानमा सुरु भएको वडा स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै मूख्य मन्त्रि गुरुङले उक्त कुरा बताएका हुन् ।

शहीदहरुको सपना साकार पार्ने प्रदेश सरकारको लक्ष्य रहेको बताउँदै सबै घर घरमा विजुली पु¥याउने, दुइ वर्ष भित्रमा प्रत्येक घरमा खाने पानीको उपलब्ध गराउने लगाएतका जनताका आधारभूत आवश्यकतालई गण्डकी प्रदेश सकारले पूरा गरेरै छाड्ने ठोकुवा गरे ।

स्थानिय स्तरबाट राष्ट्रिय खेलाडि उत्पादन गर्ने गण्डकी प्रदेश सरकारको लक्ष्य रहेको बताउँदै वडा नं.२८मा नसमेटिएका अति आबश्यकताका विषय बस्तुलाइ आगामी आर्थिक वर्षमा समेट्ने उक्त अवसरमा गुरुङले बताए । गण्डकी प्रदेशका कृषकलाई आत्म निर्भर बनाउने गण्डकी प्रदेश सरकारको लक्ष्य रहेको भन्दै गण्डकी प्रदेशमा यो वर्षमा ७२ हजार घरधुरीमा होम स्टेको सञ्चालन गरी गण्डकी प्रदेशमा पर्यटन प्रबद्र्धन गर्ने पनि उनले सुनाए । गण्डकी प्रदेशमा भएका कुनै पनि टुहुरा वालवालिकाको जिम्मा प्रदेश सकारले लिने पनि सो अवसरमा उनले बताएका थिए ।

यसै गरी कार्यक्रममा नेकपाका गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका अध्यक्ष एवम् प्रदेश सांसद दिपक कोइराला,नेकपा गण्डकी प्रदेश सचतेक गायत्री गुरुङ, पोखरा महानगरपालिका प्रमुख मान बहादुर जिसी, जिल्ला समन्वय समितिका सभापति बैन बहादुर क्षेत्री , वडा नं. २८ का वडा अध्यक्ष निर्मल दियाली लगाएतले खेल क्षेत्रको महत्वको वारेमा आ–आफ्नो धारणा राखेका थिए ।

थमन परियार स्मृति प्रतिष्ठानका अध्यक्ष लालमोहन तिवारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन संस्थापक सदस्य बैन बहादुर गुरुङले गरेका थिए । १९ वटा टिमको सहभागीता रहेको आजको उद्घाटन खेल वडा नं.३१ र वडा नं.२८ वि विच भएको थियो । उक्त खेलमा वडा नं.३१ ले वडा नं.२८ वि लाई १३–२५ र १९–२५ को सोजो सेटमा विजयी भएको प्रतिष्ठानका अध्यक्ष लालमोहन तिवारीले जानकारी दिएका छन् ।

Facebook Comments