गण्डकी प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरू

तनहुँ शव फेला
मिति २०७७।०२।१० गते जिल्ला तनहुँ देवघाट गाउँपालिका(५ दासढुङगा स्थित त्रीशुली नदिको किनारमा जिल्ला बाग्लुङ बरेङडाँडा नगरपालिका(१ घर भई हाल जिल्ला गोरखा शहिद लखन गाउँपालिका(३ दिल बहादुर गुरुङको घरमा बस्दै आएको वर्ष १९ को कृष्ण बहादुर पुन पानीमा डुबि मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थआनमा तत्कालै प्रहरी टोली खटिई गई बुझ्दा निज कृष्ण बहादुर पुन मिति २०७७।०१।२६ गते मर्स्याङदी नदीमा नुहाउने क्रममा डुबि बेपत्ता भएको भन्ने बुझिएको, घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

कास्की पहिरोले घर भत्केको
मिति २०७७।०२।१० गते जिल्ला कास्की पोखरा महानगरपालिका(२८ बेतनी स्थित राति परेको अबिरल वर्षाको कारण ऐ।ऐ। बस्ने बिर्ख बहादुर गुरुङको ढुङगा माटोले बनेको २ तले टिनको छाना भएको कच्चि घर पहिरोको कारण ९घर माथि खनेको नंया मोटर बाटोको माटोले०पुरिएर पूर्ण रुपमा क्षेती भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोलि खटिई गएको, मानबिय तथा चौपाय क्षेति नभएको, उक्त घरमा रहेको फर्निचर, लत्ताकपडा, अन्नपात, भाँडावर्तन पुरिएर क्षेति भएको, घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

मिति २०७७।०२ ।१० गते ।

९ प्रहरी नायव उपरीक्षक०
राजेन्द्रबाबु रेग्मी

Facebook Comments