गण्डकी प्रदेशमा सरुवा तथा संक्रामक रोग नियन्त्रण र प्रदेशस्तरीय शिक्षण अस्पताल निर्माण गर्ने सरकारको निर्णय

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख १७

गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशमा सरुवा तथा संक्रामक रोग नियन्त्रण अस्पताल तथा प्रदेशस्तरीय शिक्षण अस्पताल बनाउने निर्णय गरेको छ ।

कोभिड १९ र स्वास्थ्य सेवा प्रवाहसंग सम्वन्धित विभिन्न निर्णय गर्दै मन्त्रिपरिषद वैठकले सरुवा तथा संक्रामक रोग नियन्त्रण अस्पताल निर्माण र प्रदेश स्तरीय शिक्षण अस्पताल निर्माणको आयोजना निर्माणको लागि शसर्त अनुदानका लागि नेपाल सरकारसंग अनुदानका लागि अनुरोध गर्ने निर्णय गरेको हो ।

शतप्रतिशत जोखिम भत्ता-३० लाख बराबरको जीवन वीमा सुविधा

यस्तै कोरोनाभाइरस संक्रमति विरामीको प्रत्येक्ष उपचारमा संलग्न चिकित्सक, नर्स र अन्य सम्पूर्ण कर्मचारीलाई खाईपाई आएको शुरुको भत्ता बराबर शतप्रतिशत जोखिम भत्ता उपलव्ध गराने निर्णय गरेको छ ।

संक्रमित व्यक्तिको उपचारमा संलग्न व्यक्तिलाई ३० लाख बराबरको जीवन वीमा सुविधा उपलव्ध गराउने र उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ । साथै गण्डकी प्रदेश स्वास्थ्य विमा समिति पनि गठन गरिएको छ ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले भिडियो कन्फ्रेन्समार्फत कोभिड १९ का बारेमा प्रदेशका ११ वटै जिल्लाका पछिल्लो गतिविधि बारे जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा कोहि संक्रमित छैन

गण्डकीमा अहिलेसम्म ५८२ जनाको नमूना संकलन गरिएको छ भने ५६८ जनाको नतिजा नेगेटिभ आएको छ । १२ जनाको परिणाम आउन बाँकि रहेको छ । गण्डकी प्रदेशमा वागलुङका दुई जनामा संक्रमण देखिएकोमा उनिहरु दुवै निको भएर घर फर्कि सकेका छन् । गण्डकीमा हालसम्म ५ हजार ३४३ जनाको आरडीटी परिक्षण गरिएको छ । मंगलवार मात्रै २४१ जनाको परिक्षण गरिएको थियो ।

हालसम्म हेल्लो डाक्टर १०९२ मा ७५७ जनाले फोन गरेर चिकित्सकिय परामर्शसहितको विशेषज्ञ सेवा लिएका स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

Facebook Comments