गण्डकी प्रदेशमा एकै रातमा १० हजार जना पर्यटकलाई होमस्टेमा राख्न सकिने प्रदेशका २ सय ७२ होमस्टेलाई २७ करोड ८१ लाख अनुदान

दीननाथ बराल पोखरा ८ । गण्डकी प्रदेशमा एकै रातमा १० हजार जना पर्यटकलाई होमस्टेमा व्याबस्थापन गर्न सकिने भएकोे छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले गत आर्थिक बर्ष २०७५÷०७६ मा २ सय ७४ होमस्टे छनौट गरी बिषेश अनुदान सहितको प्रबद्र्धन कार्यक्रम संचालन गरेसंगै हाल एकै रातमा ९ हजार ६ सय ६६ जना पर्यटकहरुलाई राख्न सकिने भएको गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए

उनले भने “ यो तथ्याङक हाम्रो अभिलेखमा उल्लेख भएको मात्र हो, यसमा अझ धेरै पर्यटकहरु राख्न सकिने गरी गाउँ घरमा होमस्टेको घर, कोठा, र रुम विस्तार हुने क्रम जारी रहेको छ, हाम्रो लगानी उचित ठाउँमा सहि ढंगले प्रयोेग भएको हाम्रो दाबी छ । ” मन्त्रालयले उक्त होमस्टेको बारेमा समेटेर तयार पारेको सामुदायिक होमस्टे दपर्ण प्रकाशन गरेको छ । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री विकास लम्सालले प्रदेशको होमस्टेल प्रबद्र्धन कार्यक्रमले धेरै गाउँका मुहार फेरिने अबस्थामा पुगेको बताए । मन्त्री लम्सालका अनुसार हाल प्रदेशका २ सय ७४ वटा होमस्टे गाँउमा हाल ३ हजार ४ सय २ वटा होमस्टेका घर रहेकाछन् ।

जसमध्य ५ हजार ४ सय २५ वटा कोठामा ९ हजार ६ सय ६६ वटा रुम रहेकाछन्। पर्वत र म्याग्दीको एक÷एक होमस्टे बाहेक छनौटमा परेका सवै जसो होमस्टेलाई गरी प्रदेश सरकारले २७ करोड ८१ लाख ४० हजार ४ सय ८२ रुपैया अनुदान दिएको मन्त्री लम्सालले जनाए । उनका अनुसार छनौटमा परेका होमस्टेलाई १० देखि १५ लाखसम्म होमस्टे विकास पूर्वाधारमा अनुदान दिईएको हो । उक्त होमस्टे स्थापना भएसंगै स्थानियको सामाजिक र आर्थिक गतिविधि बढेको ग्रामीण क्षेत्रको समृद्धिको बाटोमा एक कदम अघि बढेको मन्त्रालयको दाबी छ ।

मन्त्रालयले हालै प्रकाशनन गरेको उक्त दपर्णमा उल्लेख भएको तथ्याङक अनुसार गोर्खामा २२ वटा होमस्टेमा ३ सय २४ घर हुदा ४ सय ४९ कोठामा एकै रातमा ८ सय ८५ जना आन्तरिक तथा बाह्यि पर्यटकलाई राख्न सकिन्छ । मनाङमा २ होम स्टे रहेकाछन जसमा ४१ घर, ८२ कोठामा एकै रातमा १ सय ८० जनालाई ब्याबस्थापन गर्न सकिन्छ ।

त्यसै गरी लमजुङमा २३ वटा होमस्टे हुदा २ सय ९२ घरका ५ सय ७४ वटा कोठामा होमस्टेमा १ हजार १ सय ८ जना पर्यटकलाई राख्न सकिन्छ । कास्कीमा ३६ वटा होमस्टे हुदा ६ सय ५८ वटा घरमा १ हजार ४ सय वटा कोठामा २ हजार ४ सय भन्दा बढी बेड रहेकाछन्। पर्वत र तनहुँमा सवै धेरै होमस्टे मन्त्रालयमा छनौटमा परेका थिए । दुबै जिल्लामा समान ४७ वटा होमस्टे छनौटमा परेका थिए । सवै भन्दा कम मनाङमा २ वटा होेमस्टे छनौटमा परेका हुन। पर्वंतका ४ सय २६ घरमा ७ सय ३३ वटा कोठामा १ हजार ४ सय ४० जना पर्यटकलाई एकै रातमा व्याबस्थापन गर्न सकिन्छ । तनहुँमा भने ७ सय ३३ घरमा, ९ सय ३० वटा कोठामा १ हजार ९ सय ५५ वटा बेड रहेकाछन्।

फेवातालको सिमाङकनको काम संघिय सरकारले समयमै गर्न नसक्दा आफुहरुले फेवातालको सौन्दर्यताको लागि कुनै काम अघि बढाउन नसकेको मन्त्री लम्सालले जनाए । उनले भने “ अब संघिय सरकारले नापि कार्यालयलाई १५ दिन भित्र सिमाङकन गर्न निएको निर्देशन अनुसार फेवातालको सिमाङकन भएसंगै हामीले फेवातालको संरक्षणको लागि हामीले पोलहरु तयारी अबस्थामा राखेका छौं, फेवातालको सौन्दर्यतामा पनि स्थानिय निकायसंगको सहकार्यमा काम गछौं ।” प्रदेशमा हाल जारी आन्तरिक पर्यटन बर्ष सन २०१९ को अवसरमा आफुहरुले सोचे अनुसार पर्यटन प्रबद्र्धन भएको मन्त्री लम्सालले जनाए । पोखरा मात्र केन्द्रित हुने गरेको पर्यटन यस बर्ष देखि पोखराबाट विकेन्द्रिकरण हुदै आएको उनको भनाई थियो ।

Facebook Comments