गण्डकी प्रदेशमा आरडीटी परिक्षण ३ हजार ७५१

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख ०८

गण्डकी प्रदेशका ११ वटा जिल्लामा आरडीटी परिक्षण ३ हजार ७५१ जनाको गरिएको छ ।प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश पोखराका अनुसार कास्कीमा ५४८ जना, गोरखामा २६८, तनहुँमा ५२२, नवलपुरमा २४१ को परिक्षण गरिएको छ ।

यस्तै पर्वतमा ३३७, वागलुङमा १ हजार ४८, मनाङमा २१, मुस्ताङमा १४, म्याग्दीमा १५०, लमजुङ १४९ र स्याङजामा ४५३ जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट, आरडीटी परिक्षण गरिएको छ । आरडीटी परिक्षण गरिएका ३ हजार ७५१ जनाकै रीपोटार्न संक्रमण नभएको देखिएको छ ।

गण्डकी प्रदेशको पी.सी.आर परिक्षण विवरण अनुसार ५०३ वटा नमूना संकलन गरिएको थियो । ति मध्य ४९५ जनामा संक्रमण नदेखिएको, १ मा संक्रमण भएको र ६ जनाको नतिजा आउन बाँकि रहेको छ भने एक जना निको भएको निर्देशनालयले जनाएको छ ।

हेलो डाक्टर हट लाईन सेवा, पैसा नलाग्ने फोन १०९२ मा ६९३ जनाले फोन गरेर स्वास्थ्य सम्वन्धि सल्लाह सुझाव लिएका छन् ।

Facebook Comments