गण्डकी प्रदेशमा आज थप ३३ जनामा संक्रमण पुष्टी थप १ को मृत्यु

पोखरा असोज ९
गण्डकी प्रदेशमा आज थप ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।जारी पछिल्लो बिज्ञप्ती अनुसार जमजुङ १ जना , कास्कीका १७, गोरखाका १२,नबलपरासीका ९ जनामा कारोना संक्रमण पुष्टी भएको हो ।यस्तै आज बिहान जारी पहिलो बिज्ञप्ती अनुसार गण्डकीमा थप ५ जनामा संक्रमण पुष्टी भएको थियो ।यो सगै गण्डकीमा कोरोना संक्रमितको सङख्या तिन हजार ६ सय ४५ पुगेको छ ।यस्तै तनहुँका एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ कोरोनाबाट तनहुँ आबुखैरेनी ३ का ३९ वर्षीय युवकको मृत्यु भएको बताइएको छ । चितवन मेडिकल कलेजमा उपचारत युवकको बिहीबार दिउसो करिव १ बजे उपचारकै क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।उपचारका लागि भदौ २९ गते अस्पतालमा भर्ना भएका उनमा भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

Facebook Comments