गण्डकी प्रदेशका सबै जिल्लामा आइसियू स्थापना गर्ने बारे छलफल

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख २९

गण्डकी प्रदेशका सबै जिल्लामा आइसियू स्थापना गर्ने र लेखनाथ सामुदायिक लायन्स अस्पताललाई प्रदेशको संक्रामक रोग अस्पतालको रुपमा विकास गर्ने लगायतका विषयमा सोमवार छलफल भएको छ । छलफल मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङसहित भएको थियो ।

अहिलेसम्म गण्डकी प्रदेशमा ७२४ जनाको नमूना संकलन भएको छ भने ६९५ जनाको परिक्षण नेगेटिभ देखिएको छ । २७ जनाको परिणाम आउन बाँकि रहेको स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ । आजसम्म गण्डकी प्रदेशमा ६ हजार ५१४ जनामा आरडीटी परिक्षण गरीएको छ । दुईजना निको भएर यसअघि घर फर्कि सकेका छन् ।

Facebook Comments