गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्धारा विश्व कीर्तिमानी मगरको निधन प्रति शोक व्यक्त आज नै पोखराको रामघाटमा अन्तिम दाहसंस्कार हुने


दीननाथ बराल पोखरा ४ माघ । गण्डकी प्रदेश सरकारले विश्वकै होँचा व्यक्तिका रुपमा विश्व कीर्तिमान कायम गरेका खगेन्द्र थापा मगरको निधन प्रति शोक व्यक्त गरेको छ । विश्व कीर्तिमान
कायम गरेका मगरको निधनको खवरले आफुहरुलाई अत्यन्त दुःखी वनाएको गण्डकी
प्रदेश सरकारका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङद्धारा हस्ताक्षेरित शोक वक्त्तव्यमा
उल्लेख गरिएको छ ।

यस दुःखद क्षणमा दिवङ्गत खगेन्द्र थापा मगरप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै
शोक सन्तप्त परिवार एवंं आफन्तजनप्रति गहिरो समवेदना समेत व्यक्त गरिएको
मुख्यमन्त्री गुरुङले जनाए ।

विश्व कीर्तिमान कायम गरेर गण्डकी प्रदेशको मात्र नभई सिङ्गो राष्ट्रको नाम
विश्वका सामु चिनाउन सफल खगेन्द्र थापा मगरप्रति यस दुःखको क्षणमा गण्डकी
प्रदेश सरकारको तर्फवाट उच्च सम्मान समेत प्रकट गरिएको मुख्यमन्त्री गुरुङले
जारी गरेको शोक वक्त्तव्यमा उल्लेख छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा मगरको उपचारकै क्रममा निधन भएकोले
उनीको शनिबार शव यात्रा सहित अन्तिम दाहसंस्कार पोखराको
रामघाटमा गरिने भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीन बहादुर
रानामगरले बताए ।

गण्डकी प्रदेशको बागलुङ जिल्ला, वरेङ गाउँपालिका वडा नं.१, धुल्लु वास्कोटमा
आमा धनमाया थापा मगर र वुवा रुपवहादुर थापा मगरको पहिलो सन्तानका रुपमा
२०४९ साल असोज १८ गते जन्मेका खगेन्द्र थापा मगरले २०६७ सालमा विश्वकै
होँचा व्यक्तिका रुपमा गिनिज वुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका
थिए ।

Facebook Comments