गण्डकीमा ६३४ जनाको परिक्षण रिपोर्ट नेगेटिभ, १० जनाको रिपोर्ट आउन बाँकि

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख २२

गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले तनहुँ जिल्लाका स्थानिय तहका क्वारेन्टाईनमा रहेका व्यक्तिहरुलाई आवस्यक परामर्श प्रदान गर्न तथा व्यवस्थापन गर्नको लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मिलाई खटाउने निर्णय गरिएको जानकारी दिनुभएको छ ।

तनहुँका प्रमुख जिल्ला अधिकारी तथा कोरोना नियन्त्रण समन्वय समितिका अध्यक्ष बद्रीनाथ अधिकारीको अध्यक्षतामा बसेको वैठकले यस्तो निर्णय गरेको हो ।

डा.शर्माका अनुसार आज थप १२ जनाको पीसीआर परिक्षण गरिएको छ । अहिलेसम्म गण्डकी प्रदेशमा ६४६ जनाको नमूना संकलन भएको छ भने ६३४ जनाको परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । यस्तै २ जना संक्रमित निको भएर घर फर्कि सकेका छन् भने १० जनाको परिक्षण रिपोर्ट आउन बाँकि रहेको छ ।

आजसम्म गण्डकी प्रदेशमा ६ हजार ७४ जनामा आरडीटी परिक्षण गरिएको छ भने हेल्लो डाक्टर १०९२ मा ७८० जनाले फोन गरेर चिकित्सकिय परामर्श लिएका स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिनुभएको छ ।

Facebook Comments