गण्डकीबाट प्यासी, नेकपा सचिवालय बैठकद्वारा सातै प्रदेशका प्रमुखको नाम सरकारलाई सिफारिस(video)

अन्नपूर्णअनलाईन/पोखरा, कात्तिक १८-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी, नेकपाले आइतवारदेखि रिक्त भएका सातै प्रदेश प्रमुखको नाम छनोट गरेर सरकारलाई सिरफारीश गरेको छ । सिफारीस गरिएका मध्य गण्डकी प्रदेशबाट सोमनाथ प्यासी एक रहेका छन् ।

सोमवार बालुवाटारमा बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रमुखको नियुक्तिका लागि नाम टुंगो लगाएर सरकारलाई सिफारिस गर्ने निर्णय गरेको वैठकपछि महासचिव विष्णु पौडेलले पत्रकारहरुलाई जानकारी दिए ।

प्रदेश प्रमुखमा सिफारिस भएका नेताहरुमा चितवनबाट अमिक शेरचन, कास्कीबाट सोमनाथ अधिकारी प्यासी, बाँकेबाट तिलकबहादुर परियार, सिरहाका धर्मनाथ यादव, डढेल्धुराका गोविन्द कलौनी, झापाका विष्णु प्रसाई र काठमाडौंकी शर्मिला त्रिपाठी रहेका छन् ।

महासचिव पौडेलले कुन प्रदेशमा कसलाई पठाउने भन्ने कुराको टुंगो सरकारले लगाउने पत्रकारहरुलाई जानकारी दिए । उनले भने ः“नेकपाले मनोनयनका लागि नाम मात्रै सिफारिसको निर्णय गरेको हो, सरकारले कस्लाई कहाँ पठाउने हो टुंगो लगाउँछ ।”

credit-सचिवालय बैठक पछि महासचिव पौडेल– Bishnu Sapkota Jugal

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषदको सिफारीसको आधारमा आइतबार नेपालको संविधानको धारा १२५ को उपधारा १ को खण्ड ख बमोजिम सातवटै प्रदेशका प्रमुखहरुलाई पदमुक्त गरेकि थिईन ।

पदमुक्त गरिएका प्रदेश प्रमुखहरुलाई कांग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारको पालामा नियुक्त गरिएको थियो । २०७४ माघ ३ मा प्रदेश १ का लागि डा.गोविन्द बहादुर तुम्बाहाङ, २ मा रत्नेश्वरलाल कायस्थ, ३ को लागि अनुरो.धा कोईराला, गण्डकीमा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, कर्णाली प्रदेशको लागि दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेश प्रमुखमा मोहनराज मल्ललाई नियुक्त गरिएको थियो ।

गएको निर्वाचनमा कांग्रेसले पराजय व्यहोरेपछि त्यो समयमा नियुक्त गरिएका प्रदेश प्रमुखलाई नेपाल कम्यूनिष्ट पार्टीले उहि बेलामा असन्तुष्टि जनाएको थियो ।

Facebook Comments