खेलकुदप्रवर्द्धनका लागिहवाई भाडामा एकरुपता आवश्यक–मन्त्री गुरुङ

पोखरा, माघ २७ गण्डकी प्रदेशकाआर्थिक मामिलातथा योजनामन्त्रीकिरण गुरुङले खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्न आन्तरिक हवाई भाडामा एकरुपताहुनुपर्ने बताएका छन ।
कास्कीजिल्ला टेनिस संघको आयोजनामापोखरामा सोमबार बाट शुरु भएको १८ वर्ष मुनीका खेलाडीहरुको अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता“आइ.टि.एफ यु–१८” लाई उद्घाटन गर्ने क्रममामन्त्री गुरुङले उक्त कुरा बताएकाहुन । विदेशी र स्वदेशी खेलाडीलाई आन्तरिक भाडामा एक रुपताल्याउनप्रदेश सरकारको प्रयत्न रहने उनको भनाई थियो ।
प्रदेश सरकारले खेलकुदमार्फत पर्यटन प्रवर्धनको लागिप्रयास गरिरहेको हुनाले खेलाडीलाई निशुल्कभिसालगाएतकाविषयमा समेत प्रदेश सरकारले पहलथाल्ने बताउँदै उनले खेलाडीलाई सम्वोधनगर्दै भने–“खेलमाहार जितहुँदैन पहिलो प्राथमिकतामित्रताअनिप्रतिष्पर्धा । यो प्रतियोगितामा मैले यहिअपेक्षा गरेको छु ।” यस्ता प्रकारकाप्रतियोगितालाई संचार माध्यमले समेत उच्चप्राथमिकतादिनुपर्ने उनको जोड थियो । कार्यक्रमलाई सम्वोधनगर्दै प्रतियोगिताका संयोजक सुर्य भुजेलले नेपालमाआयोजनाहुने यस प्रकारकाप्रतियोगिताले पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने बताए । कास्कीजिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामा, सचिबनविनचालिसे लगाएतले बोलेकाथिए । प्रतियोगितामा ११ राष्ट्रका ३२ महिला र ३२ पुरुषगरि करिब ६४जना खेलाडीको सहभागिता रहेको छ । नेपाल सहितभारत, अष्ट्रेलिया, जापान, सर्विया, अमेरिका, मलेसिया, क्यानाडा, सिंगापुर, जापान, कोरिया लगाएतका राष्ट्रका खेलाडीले अंक प्राप्तीका लागि प्रतिष्पर्धा गर्नेछन ।

Facebook Comments