खाडीको पछिल्लो अवस्थाबारे चीन र रुसी विदेशमन्त्रीबीच छलफल

बेइजिङ, २० पुस (रासस÷सिन्ह्वा अमेरिकी सेनाको कारवाहीमा इराकको राजधानी बग्दादको अन्तरराष्ट्रिय विमानस्थलनजिकै शुक्रबार एक इरानी सैन्य कमाण्डर मारिएपछि यस विषयले खाडी क्षेत्रमा तनाव बढाएको बताइएको छ । अमेरिकी सेनाको विशेष खालको कारवाहीमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानी मारिएपछि यस विषयमा खाडी तथा त्यस बाहिर पनि यस विषयमा व्यापक मात्रामा चर्चा चलेको बताइएको छ । उक्त घटनापछि अमेरिका र खाडी देशबीचको तनाव थप बढेको तथा अमेरिका र इरानले एक आपसमा आक्रमणका धम्की नै दिइरहेका पनि विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमले इराकको राजधानी बगदादबाट जनाएका छन् । त्यस आक्रमणपछि विकसित परिस्थितिका बारेमा चिनियाँ र रुसी विदेशमन्त्रीबीच आइतबार फोनवार्ता भएको बताइएको छ । सो विषयमा चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभबीच फोनवार्ता भएको बताइएको छ । उहाँहरुबीच इरानी कमाण्डर मारिएपछि इराक र इरानसहित खाडी क्षेत्रमा देखा परिरहेको अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ । उहाँहरुले यस विषयमा आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा पनि कुराकानी गर्नुभएको समाचारमा जनाइएको छ । यस घटनाले आफूहरुको ध्यानाकर्षण हुन पुगेको उहाँहरुले आपसमा कुराकानी गरेको पनि प्राप्त समाचारमा जनाइएको छ । मारिएका ती सुलेमानीलाई अमेरिकाले विगतदेखि नै ‘आतङ्ककारी’ समूहको नाइके भएको बताउँदै आएको थियो । यो आक्रमण अमेरिकाको तयारीमा नै भएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै उनको हत्याको निर्देशन दिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले बताएको छ । उक्त अमेरिकी आक्रमणपछि इरानका सर्वाेच्च नेताले अमेरिकी आक्रमणमा आफ्नो सेनाको जनरल मारिएपछि यस घटनाको कडा रुपमा बदला लिने चेतावनी दिएपछि परिस्थिति झन तनावपूर्ण बन्दै गएको हो । इरानी सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल सुलेमानी मारिएपछि उहाँले अमेरिकाका विरुद्ध बदला लिने बताउनुभएको हो । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले अमेरिकी नागरिक र उसको सम्पत्तिमाथि आक्रमण गरे इरानमाथि नै कडा हमला गर्ने बताउनुभएको छ । उहाँले सो चेतावनी दिँदै भन्नुभया,“इरानले अमेरिकी नागरिक र सम्पत्तिमा आक्रमण गरे त्यस विरुद्धको जवाफी आक्रमण गर्न अमेरिका तयार छ र इरानका महत्वका ५२ वटा स्थानको पहिचान गरिसकेको छ ।”

Facebook Comments