खसमको यादले चौतारीमा लालावाला च्यापेका आमाहरु भक्कानिएको दृश्यले मुटु फुट्ला जस्तो हुन्छ: कवि: कर्मसहि घर्तिमगर(video)

रुकुमेली कवि-कर्मसहि घर्तिमगर

by:aarju: रुकुम पूर्व मैकोटका कवि-साहित्यकार -कर्मसहि घर्तिमगर संगको भलाकुसारीः

आरजू विष्ट सल्यानी/पोखरा, मंसिर ०५, २०७६

द्वन्दको घाउ नीको नभई सकेका जिल्लाहरु मध्य रुकुम पनि एउटा हो । तत्कालिन माओवादी जनयुद्ध शुरु गरिएका रोल्पा, रुकुम प्रमुख रुपमा थिए भने सल्यान, दाङ र प्यूठान त्यसपछिका अरु जिल्लाहरु थिए ।

जनयुद्ध सकियो । युद्धको नेतृत्व गरेको दल सरकारमा गयो । एमालेसंग एकता गरेपछि अहिले सबैभन्दा ठूलो दल बनेको छ भने बहुमतको सरकार पनि उसैले चलाई रहेको छ । दलका कतिपय नेताहरु एतैका छन्, देशका उच्च ओहोदामा पुगेका छन् ।

aarju: रुकुम पूर्व मैकोटका कवि-साहित्यकार -कर्मसहि घर्तिमगर संगको भलाकुसारीः

तत्कालिन माओवादीमा विभिन्न कारणले लागेका सेनाहरु कतिले जागिर पाए, कतिले पैसा पाए, कति खेति किसानीमा फर्किए, कति विदेशतिर गए, कति योग्यमा दरिए, कति अयोग्य भनिए भने कति अहिले घर गाउँमा जीवनमरणको दोसाँधमा उतिबेला लागेका गोला बारुदका घाउहरुमा मल्हम पट्टी लगाउन नपाई चहराई रहेको घाउँसंगै कठिन जीवन जिउँदैछन् संमृद्ध नयाँ नेपालको लागि ।

द्वन्दका घाउहरु अझैं चहराई रहेका छन्, नीको भएका छैनन् । हराएकाहरु, बेपत्ता पारिएकाहरु भेटिएका छैनन् । काख रीत्तो भएका आमाहरुका आँशु झैं पनि बगिरहेको छ । शीरको सिन्दुर पुछिएका चेलीहरु उदास उदास मुहार लिएर उनै भीरपखेराहरुमा घाँस दाउरा गरिहेका छन् । कहिलेकाँहि खसमको यादले देउरालीको चौतारीमा लालावाला काखिमा च्यापेर भक्कानिएको दृश्यले आफ्नै मुटु फुट्ला जस्तो देख्ने जो कोहि को हुन्छ ।

aarju: रुकुम पूर्व मैकोटका कवि-साहित्यकार -कर्मसहि घर्तिमगर संगको भलाकुसारीः

बिकट, अनकन्टार दुर्गम क्षेत्रका हामीले अझैं पनि परिवर्तनको आशा मारेका मारेका छैनौं, आफ्नै गाउँ ठाउँमा कुटो, कोदालो गर्दैछौं । साहित्यको हिसाबले त्यति धेरै शहरको जस्तो माहौल छैन तर पनि रुचिको विषय भएकोले कविता, गजल, मुक्त लगायतका विधामा कलम चलाई रहेको छु ।

ए ! साच्चि एउटा कुरा : ओहो ! द्वन्दको बेलामा हामी कविहरुलाई कति गाह्रो । केहि लेखौं, भनौं र सुनाउँ भनेपनि दुवैको तारो बन्ने डर पो थियो । कवि-साहित्यकार :कर्मसहि घर्तिमगर-

चाँजोपाजो मिलाउने सहयोगि साहित्यकार भरत आचार्यप्रति हामी आभारी छौं ।

aarju: रुकुम पूर्व मैकोटका कवि-साहित्यकार -कर्मसहि घर्तिमगर संगको भलाकुसारीः


Facebook Comments