क्रिस्मस ट्रि साढे २८ मीटर अग्लो- प्लाष्टिकका बोतलबाट बनाईएको

चेक्का (लेवनान) डिसेम्वर १६, २०१९ -दक्षिणी लेवनानको चेक्का नगरपालिकाको प्रवर्धनमा प्लाष्टिकका बोतलबाट बनाईएको क्रिस्मस ट्रि सोमवार सार्वजनिक गरीएको खबर आएको छ ।

प्लाष्टिकबाट बोतलबाट बनाईएको क्रिस्मस ट्रि, साढे २८ मीटर अग्लो रहेको छ । यस्का लागि १२ लाख बोतल प्रयोग गरीएको छ । यसको निर्माणको लागि २० दिन लागेको थियो । निर्माणमा गाउँले, स्काउटका ट्रुप्सले सहयोग गरेका थिए ।

Facebook Comments