क्याम्पस तथा विद्यालयमा न्यानो कपडा वितरण

पोखरा, ८ पुस । वी लभ पिपुल ग्रुप नेपाल( We love people group Nepal )िको सहयोग एवम् रोजन शाही र रविप्रसाद आचार्यको समन्वयमा पोखरा महानगरपालिका वडा नं ३३ स्थित सरस्वती बहुमुखी क्याम्पस र वडा नं २१ कृस्तीस्थित बक्रेक प्रा.वि.का विद्यार्थीलाई आज न्यानो कपडा वितरण गरिएको छ ।

सरस्वती बहुमुखी क्याम्पसका २० जना अपांग विद्यार्थी र बक्रेक प्रा.वि.का कक्षा १ देखि ५ सम्मका गरिब तथा जेहेन्दार २० जना छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको वी लभ पिपुल ग्रुप नेपालका सदस्य रोजन शाहीले जानकारी दिए ।


उक्त अवसरमा क्यम्पस तथा विद्यालयका पदाधिकारी समेतको उपस्थितिमा न्यानो कपडा हस्तान्तरण गरिएको उनले बताए ।न्यानो कपडा हस्तान्तरण समारोहमा बी लभ पिपुल ग्रुप नेपालका संस्थापक आजीवन सदस्य निर्मल शाही ठकुरी, विष्णु मल्ल ठकुरी, दीलिप मानन्धर, दुर्गा राना मगर लगायतको उपस्थिति थियो ।

Facebook Comments