कोरोना संक्रमण संख्या २४,९५७, नयाँ ५२५ थपिए, १०९ डिस्चार्ज,निको हुनेहरु १६,८३७, मृतक ९५

आरजू/अनलाइनअन्नपूर्ण/पोखरा, साउन २९

नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २४ हजार ९५७ पुगेको छ । बिहिवार ५२५ जना नयाँ संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा देशका ३८ वटा प्रयोगशालामा गरिएको ९ हजार ८५९ जनाको पीसीआर परिक्षणमा ५२५ जनामा संक्रमण पोजेटिभ देखिएपछि संक्रमितको संख्या २४ हजार ९५७ पुगेको जानकारी दिनुभयो

डा.गौतमका अनुसार बितेको २४ घन्टामा १०९ जना निको भएर घर फर्किएका छन् । योसंगै अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ८३७ पुगेको छ । नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ भएता पनि हालसम्म १६ हजार ८३७ जना निको भएर घर फकिसकेकोले कोरोनाका संक्रिय केस ८ हजार २५ रहेका डा.गौतमले जानकारी दिनुभयो ।

प्रदेशमा संक्रमित कति कहाँ ?

  • प्रदेश १ मा ७२५ जना
  • प्रदेश २ मा ३ हजार ५८९ जना
  • वागमती प्रदेशमा १ हजार ७०३ जना
  • गण्डकी प्रदेशमा २४२ जना
  • प्रदेश ५ मा ६८० जना
  • कर्णाली प्रदेशमा २१६ जना र
  • सुदूरपश्चिम प्रदेशमा ८७० जना संक्रमित रहेका छन् ।

कोरोनाबाट संक्रमित भएका ४६६ जना होम क्वारेन्टाईनमा

स्वास्थ्य जनसंख्या मन्त्रालयले देशका सातवटै प्रदेशमा गरी ४६६ जना होम क्वारेन्टाईनमा रहेका जानकारी दिएको छ ।

  • प्रदेश १ मा ७२ जना
  • प्रदेश २ मा ९८ जना
  • वागमती प्रदेशमा ३६ जना
  • गण्डकीमा ……छैन………
  • प्रदेश ५ मा १४५ जना
  • कर्णाली प्रदेशमा ८ जना र
  • सुदूरपश्चिम प्रदेशमा १०७ जना होम क्वारेन्टाईनमा रहेका डा.गौतमले बताउनु भयो ।

४ थपिए, मृतकको संख्या ९

नेपालमा कोरोनाको कारण बिहिवारसम्म ९५ जनाले ज्यान गुमाएका छन् । बिहिवार थप चार जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

मृत्यु हुनेमा महोत्तरी मटीहानि ६ का ४५ वर्षिय पुरुष रहेका छन् । उनको साउन २५ गते रामजानकी अस्पतालमा मृत्यु भएको हो । डा.गौतमले उनमा मधुमेह र क्षयरोगको समस्या रहेको बताउनु भयो । यस्तै, धनुषा मिथिला नगरपालिका वडा नं ७ ढल्केवर की ८५ वर्षिया महिलाको कोरोनाको कारण मृत्यु भएको छ । उनको साउन २८ गते वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

यस्तै अछाम रामारोशन गाउँपालिका वडा नं ५ का १८ वर्षिय किशोरको मृत्यु भएको छ । उनको ललितपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटनमा मृत्यु भएको हो । ति किशोरमा मुटुको समस्या रहेको थियो । मोरङको विराटनगर महानगरपालिका वडा नं ३ का ५७ वर्षिय पुरुषको मृत्यु भएको छ । उनको साउन २८ गते मृत्यु भएको हो । उनमा मधुमेह तथा उच्च रक्तचापको समस्या थियो ।

नयाँ संक्रमित बिहिवार कहाँ कति थपिए ?

धनुषाका २२, झापाका २, पर्साका ३९, सुनसरीका २०, उदपुरका १, मोरङका ८८, इलामका ४, महोत्तरीका २०, रौतहटका २५, सिराहाका २, सप्तरीका ३१ जनामा संक्रमण पोजेटिभ देखिएको छ

यस्तै, बाराका १, काठमाडौंका १११, नुवाकोटका १, सर्लाहीका २६, ललितपुरका ११, चितवनका ११, मकवानपुरका २८, रामेछाप ३, सिन्धुलीका २, काभ्रेप्लान्चोकका ८, दोलखाका १, सुर्खेतका १ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

यस्तै, भक्तपुरका ५, कपिलवस्तुका २१, प्यूठानका ३, रुपन्देहीका १२, दाङका २, बाँकेका १७, बर्दियाका ३, नवलपरासी पूर्वका १, पाल्पाका १, नवलपरासी पश्चिमका १, बैतडीका १, डोटीका १ जना सहित बिहिवार ५२५ जनामा संक्रमण देखिएको प्रवक्ता डा.गौतमले बताउनु भयो ।

परिक्षणको नमूना दिएपछि जनसम्पर्कमा नआउन मन्त्रालयको आग्रह

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिवार एक सूचना जारि गरि कोभिड १९ संक्रमणको परिक्षणको लागि नमूना दिने तर केहि नभएको जस्तो गरेर सबैैतिर हिंडडुल गर्न, भेटघाट गर्न तथा जनसम्पर्कमा आउने जस्ता व्यवहार नगर्न आग्रह गरेको छ ।

यसबाट अन्यलाई सर्ने र अन्यबाट आफैंलाई सर्ने भएकोले शंका नलागि परिक्षण नगर्नु नगराउन हुन अनुरोध गरेको छ । मन्त्रालयले शंका लागेर परिक्षणको लागि नमूना दिएपछि रिपोर्ट नेगेटिभ नआउञ्जेलसम्म अन्य व्यक्तिको सम्पर्कमा नआई अलग्गै बस्न अनुरोध गरेको छ ।

साथै कोभिड १९ संक्रमणको नतिजा आईसकेपछि आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई जानकारी गराउन, उहाँहरुको निगरामी वढाउन, परिक्षणको लागि सहोग गर्न र संक्रमण रोक्नको लागि भूमिका खेल्न सबैमा आग्रह गरेको छ ।

Facebook Comments