कोरोना भाईरस तथा संक्रामक रोगको रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका समिति निर्माण

आरजू-अनलाइनअन्नपूर्ण/पोखरा, फागुन २८

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशमा कोरोना भाईरस लगायतका अन्य संक्रामक रोग रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका लागि विभिन्न विषयगत समितिहरु गठन गरि कार्यविवरण तय गरिएको छ ।

गठित समितिहरुले कार्य योजना तथा प्रतिवेदन पेश गर्ने निर्णय गरिएको छ । स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माको अध्यतामा भएको वैठकका प्रमुख अतिथि सामाजिक विकास मन्त्री नरदेवी रहनु भएको थियो भने विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो

वैठकले सामाजिक विकास मन्त्रालयका डा.राम बहादुर केसीको संयोजकत्वमा ७ जना डाक्टर सहितको ९ सदस्सीय अस्पताल व्यवस्थापन समिति बनाएको छ । समितिले अस्पताल बिपद पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउने छ । यस्तै विपद पूर्व तयारी तथा प्रतिकार्य समिति गठन, तालिम पाठ्यक्रम विकास, समितिहरुलाई तालिम प्रदान, तोकिएका अस्पतालमा न्यूनतम मापदण्ड सुनिश्चित गर्ने, श्रोतहरुको अभावको आंकलन तथा व्यवस्थापन गर्ने, संचार तथा समन्वय र अस्पताल सम्वन्धित विशेष निर्णय गर्ने रहेका छन् ।

वैठकले कर्मचारी व्यवस्थापन समिति पनि निर्माण गरेको छ । समिति संयोजकमा डा.विनोद विन्दु शर्मा, स्वास्थ्य निर्देशनालय पोखरा, सदस्यमा डा.डमरु पनेरु पोखरा विश्वविद्यालय, दामोदर पौडेल सामाजिक विकास मन्त्रालय, पोखरा, कर्मचरी प्रशासन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षेत्रीय अस्पताल, कर्मचारी प्रशासन, पोखरा महानगरपालिका र नगेन्द्र पौडेल, स्वास्थ्य निर्देशनालय, सदस्य सचिव रहनु भएको छ ।

यस्तै वैठकले नेपाल पत्रकार महासंघ कास्कीका सभापति दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा ८ सदस्सीय सूचना तथा संचार व्यवस्थापन समिति बनाएको छ । समितिले तोकिएको ढाँचामा सूचना संकलन, सूचनाको प्रमाणिकरण, विश्लेषण र सदस्य सचिव मार्फत सूचनाको सम्प्रेषण गर्नेछ ।

यस्तै नेपाल रेडक्रस सोसाईटीका कास्कीका सभापति डोलराज पाण्डेको संयोजककत्वमा ५ सदस्सीय एम्वुलेन्स व्यवस्थापन समिति बनाईएको छ । सामाजिक विकास मन्त्रालयका शम्भुप्रसाद ज्ञवालीको संयोजकत्वमा ७ सदस्सीय क्वारेन्टाईन व्यवस्थापन समिति बनाईएको छ भने आर्मि अस्पतालका डा.आर्या रायमाझी, सह सेनानीको संयोजकत्वमा १० सदस्सीय द्रुत प्रतिकार्य समिति निर्माण गरिएको छ ।

वैठकले पोखरा महानगरपालिकाबाट हेमन्त शर्मा पौडेलको संयोजकत्व रहने गरि ६ सदस्सीय हेल्थ डेस्क व्यवस्थापन समिति बनाएको छ । यस्तै गण्डकी मेडिकल कलेज पोखराका डा.डुक बहादुर क्षेत्रीको संयोजकत्वमा ५ सदस्सीय प्रयोगशाला तथा नमूना संकलन व्यवस्थापन समिति बनाईएको छ ।

प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीको संयोजकत्वमा १२ सदस्सीय वजार अनुगमन तथा नियमन समिति बनाईएको छ भने प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र पोखराका खिम बहादुर खड्काको संयोजकत्वमा ५ सदस्सीय आपूर्ति व्यवस्थापन समिति बनाईएको छ ।

Facebook Comments