कोरोना पछी ‘सलह’ आतंक ? दश करोड गाउँ पसे अन्नबाली, सबै सखाप पार्छ, देशको हालत ?(video)

तर, जोगिन संभव छ पर्यावरण, प्रकृति संरक्षणबाट

by-Aarju

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ १७

पाँच करोडको ज्यान लिनेगरी आएको स्पेनिस फ्लू महामारी भन्दा सलहको आतंकले धेरैको ज्यान जान्छ । मृत्युको तरिका भने निसन्देह फरक छ । एउटामा रोगले मर्छन् र एउटामा भोकले ।

यो सलहले ६० र ७० बर्ष अगाडी नेपालमा आतंक मच्चाएको बुढापाकाहरु बताउंछन । सलहहरु आकास ढाक्ने गरेर आए । सूर्यलाई ढपक्कै छोपिने गरी आए । मध्यान्हमै रात परे जस्तो भयो भन्थे ।

सरदर एक बर्गमिल आकास छोप्ने गरी झण्डै आठ देखी दश करोड सलहहरु गाउँ पसेपछी अन्नबाली त के रुखका बोक्रा डाँठ समेत मिनेटभरमा सफाचट हुने रहेछन् । दिनकै १०० मिल जतिको यात्रा गर्ने यिनिहरु एक ठाउं सकेपछी अर्को गर्दै देशै सखाप पार्ने भएपछी कल्पना गरौं देशको हालत के होला ?

यसलाइ मार्न बिष छर्ने भनेको कुरुक्षेत्रको अठ्ठार औक्षणी सेनामा एक्लै गुलेली लिएर उभिने बराबर हो । बन्दुक पड्काउने, थाल ठटाउने टाँगाले हान्ने, यि सबै हाँस्यास्पद प्रयास हुन्छन । जब यिनिहरुको आक्रमण सुरु हुन्छ । यिनिहरुको रोकथाम भनेको पर्याबरण प्रतिको संबेदनसिलता र प्रकृति प्रति जिम्मेवारपुर्ण व्यवहार नै हो ।

बंगलादेशले अरब रुपियाँमा भ्याकुता पाहाहरुको खुट्टा निर्यात गथ्र्यो । खर्बमा किटनासक बिषादीहरु आयात गथ्र्यो । उसले यो बुझेन की भ्याकुता पाहाहरुले प्राकृतिक रुपमै बालीनासक सत्रुजिबहरु सखाप पारिदिन्छन् । बंगलादेशले बिषादी माथिको खर्च र जनस्वास्थ्यमा पर्ने घातक प्रभाब त्यतिखेर बुझ्यो जतिखेर ठूलो नोक्सान भैसकेको थियो । अहिले बंगलादेशमा पाहा र भ्याकुटाको खुट्टा निर्यातमा प्रतिबन्ध छ ।

भंगेराले अन्नपात खाइदिएर दुई करोड चिनिया भोकमरीले मरेको निष्कर्ष निकाल्दै भंगेरा मार्ने जनअभियान नै माओले चलाए । भंगेरा त मरे तर भोकमरी थामिएन । भोकले मर्नेको संख्या झन दोब्बर भयो । अनुमानित दस करोड (आंकडा बिबादित छ) चिनिया गुमाएर चिनले पाएको आत्मज्ञानले आज चिन हराभरा छ र चिनियाहरु हृष्टपुष्ट छन् ।

७० बर्ष अघिको सलह आपद युरोपमा फैलिएको तिब्र औद्योगिककरणनै थियो । जसले दुइ तिहाइ भूगोल ओगटेको उपनिबेसहरुको समेत प्राकृतिक वाताबरण कच्चा पदार्थको स्वार्थमा ध्वस्त पार्यो । बनहरु सखाप पारे । औद्योगीक कच्चा पदार्थ, खनीज पशुपालनका लागि जंगल सफाचट पारे । सुन, चांदी, कोइला फलाम आदि खनिजको खोजमा पहाड खोतलेर ध्वस्त पारे । नदी, तालहरु खोली, खोल्साहरु औद्योगिक कचराले प्रदुषित बनाए । जंगल जनावर चराचुरुंगी नास भएपछी जे हुने थियो भयो । यो अबस्था त सलह जस्ता सत्रुहरुको लागी स्वर्ण अवसर थियो ।

मानिस, घरेलु जनावर र जंगली जनाबरहरुको बिचको बफर क्षेत्र मात्र हैन, मानीसको उत्पत्ति भन्दा पुराना बर्षाबनहरु माथीको अतिक्रमणले कोरोना र यस्तै प्रकारका घातक महामारीहरु फैलने बिज्ञानिहरुको कथन छ ।

हिजो सहारा मरुभूमि घना बनक्षेत्र भएको प्रमाणित भएको छ भने आज अमेजनको घना बर्षाबन मरुभूमिमा रुपान्तरणको प्रतिक्षामा छ । जंगली जनाबर र मानिस वा घरपालुवा जनाबर बिचको लसपस एवं खतरनाक भाइरसहरुको बासस्थान माथिको छेडछाड यि भाइरस आपदका कारण हुन भनिन्छ । कोरनाका भाइरस त १९३० आसपासमा थियो । साइबेरीयाको कोणधारी बन क्षेत्रमा दबिएर बसेको थियो भन्छन् ।

हाम्रा चारकोशे झाडी त सक्यौं सक्यौं । अबशेष रहेका बारा पर्साका बर्षाबनमा डोजर चलाउंदैछौं । मानिस नै नरहेको देशमा जहाज चडने कुन प्राणिले हो ? बिकासका मेघा संरचनाहरु कस्का लागी हुन ? भन्ने प्रश्न को जवाफ केही दिन लकडाउनमा देखिएका एयरपोर्ट र कलकारखानाका मसानघाटे सुन्यताले दिएको छ ।

चरा, सर्प लगाएत हजारौं साना ठूला जनावरहरुका आहार मानिसहरुका सत्रुजिबहरु हुन । यिनैको सिकार बेचबिखन तथा यिनिहरुको आहार र बासस्थान समाप्त पारिदिएपछी यि खतरनाक किरा फट्यांग्राहरु, भाइरसहरु हाम्रा टाउका वरीपरी नघुमे कहाँ घुम्छन ?

फेरी एकचोटी सलहहरुको समूह अफ्रिका अरब हुंदै भारतसम्म आई पुगेको छ । अब हाम्रो नाक सम्म मडारिंदै छ । हिजो सलहको अतिक्रमण हामीले ठूलो नोक्सानिबिनै झेल्यौं । त्यति ठूलो क्षतिहुन नसक्नुको कारण बिसाल बन क्षेत्र, त्यहां सलह जस्ता सत्रुजिबलाई आहार बनाइदिने चराचुरुंगी सर्प आदिको लागि उत्तम बासस्थान र आहारको प्रबन्ध थियो भने बनजन्य रुखपात फलहरुले सलहलाई आहार दिएर उनिहरुलाई बालिनालीमा नपस्न पर्खाल पनि बनेका थिए ।

सलहको बथान उत्तर प्रदेश बिहार बंगाल हुंदै बर्मा पुग्यो भने त हामि बाच्यौं तर हामि माथि हुंदै आयो भने कोरनाको कहर त के कहर हुन्छ, सलहको कहर पो कहर हुन्छ । तथापि भारतमा हुने सलहको अतिक्रमणको पनि हामि माथि परोक्ष प्रभाब त रहन्छ नै । यो आतंक राजस्थान गुजरात पञ्जाब बाटै समाप्त होस्, हामी यहि कामना गरौं । अध्ययेता/विश्लेषक – विश्व सिग्देल


सलहका सबै तस्वीरहरु गुगल सर्च इन्जिनबाट लिईएका हुन ।
Facebook Comments