कोरोनालाई जित्नेहरु ७० पुगे, नेपालगञ्जका २१ जना घर फर्किए

अनलाइनअन्नपूर्ण;पोखरा, जेष्ठ ०९

नेपालमा कोरोनाभाइरसको संक्रमणलाई जितेर घर फर्किनेहरुको संख्या वढिरहेको छ ।

शुक्रवार नेपालगञ्जका २१ जनाले कोरोनाको संक्रमणलाई जितेर घर फर्किएका छन् । यो हालसम्मकै एकै पटक निको भएर घर फर्किनेहरु मध्य धेरै संख्या हो । यसअघि दुई दिनमा कोशी र काठमाडौंका गरि १२ जना निको भएर घर फर्किएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आजसम्म गर घर फर्किनेको संख्या ७० पुगेको छ । निको भएर घर फर्किनेहरुको अस्पतालको बसाई औसतमा २१ दिन रहेको छ ।

नेपालगञ्जको खजुरास्थित शुसिल कोईराला प्रखर क्यान्सर अस्पतालमा स्थापना गरिएको कोरोना विशेष आईशोलेसनमा उपचार गराएर निको भई घर फर्किनेमा पहिलो कोरोना संक्रमित नेपालगञ्ज ७ का ६० वर्षिय पुरुषसहित वडा नं ८ जोलाहनपुरका अन्य २० जना गरी २१ जना रहेका छन् ।

Facebook Comments