कोरोनालाई जित्नेहरु ४२, ८ जना डिस्चार्ज, २५ नयाँ थपिए, संक्रमित संख्या ४२७, “देशलाई बचाऔं” :डा.देवकोटा(video)

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.07

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.07#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Wednesday, May 20, 2020

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ ०७

नेपालमा कोरोनाभाइरसको संक्रमणलाई जितेर घर फर्किनेहरुको संख्या ४२ पुगेको छ । आज कोशी अस्पतालबाट उदयपुर जिल्लाका ८ जनामा पीसीआर परिक्षण गर्दा नेगेटिभ देखिएपछि उनिहरुलाई डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित प्र्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले कोशी अस्पतालबाट उदयपुरका ८ जनालाई डिस्चार्ज गरेपछि नेपालका कोरोनाभाइरस संक्रमणबाट निको भएकाको संख्या ४२ पुगेको बताउनु भयो । उनिहरुको अस्पताल बसाई २९ देखि ३३ दिनसम्म रहेकोे छ ।

नेपालमा आज नयाँ संक्रमित २५ जना थपिएका छन् । उनिहरु ३ वर्ष देखि ४८ वर्ष उमेर समूहका रहेका छन् भने जसमा ७ महिला, १८ पुरुष र ३ वर्षका वालक रहेका छन् ।

बाँकेमा ६ जना पुरुषमा संक्रमण देखिएको छ । उनिहरु १७, २०, २८, ३० र ४० वर्षका रहेका छन् जो नरैनापुर वडा नं ५ का हुन । यस्तै २७ वर्षका खजुरा वडा नं ५ का १ पुरुष रहेका छन् । धनकुटामा ५ जनामा संक्रमण देखिएको छ । उनिहरु २८, २९, ३५ र ३७ वर्षका पुरुष तथा एक २४ वर्षिषा महिला रहेकि छन् । उनिहरु सबै धनकुटामा बस्दै आएका छन् ।

कपिलवस्तुमा १३ जना संक्रमित थपिएका छन् । उनिहरुमा ३ जना पुरुष २२, ३५ र ४८ वर्षका रहेका छन् जो विजयनगरस्थित क्वारेन्टाईनमा रहेका हुन । यस्तै महाराजगञ्ज गाउँपालिकामा ३, ४ र ६ वर्षका वालवालिकामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभएको छ । उहाँका अनुसार १६, २५ र ३२ वर्षका तीन महिला तथा १२, २०, २४ र ३४ वर्षका पुरुष गरी कपिलवस्तुमा १३ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्या तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाभाइरसबाट संक्रमित संभावित जिल्लाहरु ३८ पुगेको बताएको छ । प्रदेश १ मा कोरोना संक्रमण हुनेको संख्या ५९, प्रदेश २ मा १३६, वागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा ४, प्रदेश नं ५ मा १९६, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी संक्रमित संख्या आजसम्म ४२७ पुगेको प्रवक्ता डा.विकास देवकोटाले बताउनु भयो ।

कार्यक्रममा डा.देवकोटाले कोरोनाको कहरबाट मुक्त हुनका लागि सरकारसंग हातेमालो गरेर जान सबैमा अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो :“हामी सबैले हातेमालो गरौं, देश बचाउन सहयोग गरौं ।”

आजै क्रिमसन अस्पतालमा उपचारको क्रममा रहेका पीसीआर परिक्षण गर्दा पोजेटिभ देखिएका विरामीको बारेमा संचारमाध्यममा विभिन्न खाले कुराहरु आए, उहाँ भेन्टिलेटरमा रहनु भएको छ, त्यसैले सत्यतथ्य र आधिकारीक सूचनाहरु नलिकन संप्रेशण/प्रशारण नगर्न डा.देवकोटाले आग्रह गर्नुभएको छ ।

Facebook Comments