कोरोनाभाइरस-औषधी र अर्थ व्यवस्थामा नोक्सानी :डव्ल्यूएचओ, ३०४ को मृत्यु, संक्रमित १४ हजार वढि

अनलाइनअन्नपूर्ण/पोखरा, माघ १९

कोरोनाभाइरसलाई दु्रत गतिमा नियन्त्रण गर्न अधिकारीहरुले कामलाई अगाडी वढाएसंगै विश्वभरका देशहरुले चीनमा आवतजावतको लागि सिमा बन्द गरेका छन् ।
अमेरिका र अष्ट्रेलियाले डिसेम्वरमा भाइरस देखा परेको चीनमा गएका सबै विदेशी आगन्तुकको प्रवेशलाई अस्वीकार गरेका छन् । यसअघि जापान, रसिया, पाकिस्तान, ईटाली लगायतका देशहरुले यात्रा रोकको घोषणा गरेका थिए ।
तर विश्वव्यापी स्वास्थ्य अधिकारीहरुले असहमति जनाउँदै यात्रामा लगाएको रोकको कारण जानकारी लिनदिन, औषधीको ढुवानी र अर्थ व्यवस्थामा नोक्सानी हुन सक्ने विश्व स्वास्थ्य संगठनले बताएको उल्लेख गरेका छन् ।
चीनको आलोचना
चीनले विदेशका सरकारहरुले आधिकारीक सल्लाहलाई बेवास्ता गर्दै यात्रामा रोक लगाएकोमा त्यसको आलोचना गरेकोछ । विश्व स्वास्थ्य संगठनले यात्राको कुरा गरेपनि अमेरिका विरुद्धमा उत्रिएको देखियो, चीनिया परराष्ट्र मन्त्रालयका प्रवक्ता हुआ चुङयिङले सिमा बन्द गर्नु सद्भावनाको इशारा नभएको टिप्पणी गर्नुभएको छ ।
मर्नेहरुको संख्या ३०४÷संक्रमितको संख्या १४ हजार नाघ्यो
चीनमा नयाँ कोरोनाभाइरसबाट मर्नेहरुको संख्या ३०४ पुगेको छ । जसलाई आधिकारीक रुपमा २०१९ एनसिओभि भनिन्छ । मृतक सबै चीनका हुन भने अधिकांश हुबेई प्रान्तका रहेका छन् जहाँँ कोरोनाको उत्पत्ति भएको थियो । शनिवार मात्र हुबेईमा ४५ जनाको मृत्यु भएको थियो ।
चीनको सरकारी टेलिभिजनले राष्ट्रिय स्वास्थ्य आयोगलाई उधृत गर्दै चीनभर नयाँ संक्रमण भएका झण्डै ती हजार मानिस भेटिएका छन् । आईतवारसम्म चीनमा कोरोनाभाइरसको संक्रमण भएकाहरुको संख्या १४ हजार ३८४ पुगेको छ ।

नयाँ वर्षको छुट्टी थप, मानिस जम्मा हुन र विवाहका कार्यक्रम स्थगित
यसैबिच, हुबेईका अधिकारीहरुले फेब्रुअरी १३ सम्म नयाँ वर्षको छुट्टी थप गरेको बताएका छन् भने कोरोनाभाइरसको प्रकोप फैलिरहेको बेलामा सार्वजनिक ठाउँमा जम्मा नहुन तथा विवाहका कार्यक्रम स्थगित गरेको घोषणा गरेका छन् ।
चीनले २४ जनवरी देखि छुट्टी मनाउन थालेको हो । यहि बिचमा भँइरसको प्रकोप वढेपछि उनिहरुले आाफ्नो घरमै बसेर काम गरिरहेका छन् । वुहानमा ७५ हजार भन्दा वढि मानिस संक्रमित भएको हुन सक्ने विशेषज्ञहरुले बताएका छ् ।

bbc


चीन बाहिर २४ देशका १३७ जनामा संक्रमण
कोरोनाभाइरस चीन बाहिर २४ वटा देशमा भेटिएको छ । चीन बाहिर १३७ जना संक्रमित भएको पाईएको छ ।
थाईल्याण्ड १९
सिंगापुर १६
जापान १५
दक्षिण कोरीया १२
अष्ट्रेलिया १०
ताईवान १०
मलेसिया ८
अमेरिका ७
जर्मनी ७
भियतनाम ५
फ्रान्स ६
युएई ४
क्यानडा ४
ईटाली २
यूके २
रसिया २
कम्वोडिया १
फिनल्याण्ड १
भारत १
नेपाल १
फिलिपिन्स १
श्रीलंका १
स्पेन १
र स्वीडेन १ रहेका छन् ।

चीनले यूरोपियन यूनियनलाई आफुना सदस्य राष्ट्ररुसंग औषधीको ढुवानीमा सहजिकरण गर्न आग्रह गरेको छ ।
भियतनामले चीन, हङकङ र ताईवानमा हुने हवाई उडान रद्ध गरेको छ । कतार एयरलाईन्स, क्वान्टस् एयर न्यूजिल्याण्ड, एयर क्यानडा, ब्रटिश एयरवेजले हवाई उडान रद्ध गरेका बीबीसीले लेखेको छ ।

Facebook Comments