कोराना भाइरससँग लड्न सरकारलाई सवैखालको सहयोग गर्न तयार छौं : प्याब्सन अध्यक्ष पुरी

अनलाइनअन्नपूर्ण/पोखरा, चैत्र २२-

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का अध्यक्ष टिकाराम पुरीले अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विरुद्ध लड्न सरकारलाई सवैखालको सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

आफ्नै घरको एकान्तबासबाट एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष पुरीले सातै प्रदेशका विद्यालयहरुको सरकारलाई सुचि बुझाई आवश्यकता अनुशार प्रयोग गर्न आग्रह गरेको बताउनुभएको छ । उहाँका अनुशार प्राथमिक चरणमा १६ हजार ३ सय ५२ वटा कक्षा कोठा क्वारेन्टाइन र आइसोलेसनका लागि छुट्टाइएको छ । थप आवश्यकता परे त्यसको पनि तयारी गरिने अध्यक्ष पुरीले बताउनुभयो ।

यस्तै कोभिड–१९ को संक्रमण भएका, क्वारेन्टाईनमा रहेका र आइसोलेसनमा रहेका ब्यक्तिहरुको उपचार, स्वास्थ्यउपकरण खरिद, औषधि खरिद वा अन्य ब्यस्थापनका लागि आवश्यक आर्थिक सहयोग गर्ने तयारी भएको उहाँले बताउनुभएको छ । भिडियो सन्देश मार्फत प्याब्सनका सरोकारवाला पक्षहरुसँग छलफल भएको भन्दै लकडाउन खुल्नासाथ एकमुष्ठ सरकारले सञ्चालनमा ल्याएको कोषमा रकम जम्मा गर्ने बताउनुभएको छ । 

यस्तै  कोभिड १९ को महामारिका कारण मुलुक लकडाउनमा रहेको र विद्यालयहरु लामो समय बन्द रहेको अवस्थालाई उच्चतम अवसरका रुपमा परिणत गर्न उहाँले अभिभावक र विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ । यस बेला घरभित्रका व्यवहारिक शिक्षा, संस्कृति परिम्परा, रितिरिवाज र नैतिकताका विषयमा व्यवहारिक शिक्षा दिन अभिभावकलार्य आग्रह गर्नुभएको छ ।

यस्तै उहाँले प्याब्सनले दुई संस्थाहरु( मिडास एजुकेसन प्रा.लि. र कारखाना )सँग सम्झौता गरेर एकमहिना निशुल्क इ शिक्षाको व्यवस्था गरेको जानकारी दिँदै एप्स र सफ्टवेयरको प्रयोग गरि त्यसबाट घरमै बसेर पनि अध्ययन गर्न सक्ने बताउनुभएको छ । उहाँले एसईई र प्लस टुका विद्यार्थीहरुले पनि फाइदा लिन सक्ने भन्दै सरकारले तोकेको लकडाउनलाई पूर्ण पालना गर्दै यो समयलाई उपलब्धिमुलक बनाउन आग्रह गर्नुभएको छ ।

https://m.facebook.com/story.php?story_fbid=2474277086006566&id=100002728970010

Facebook Comments