कोभिड–१९ बाट अमेरिकामा रहेका एक नेपालीको मृत्यु

काठमाडौँ चैत्र २७
अमेरिकामा एक नेपालीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमण भएर एलमष्ट अस्पतालमा उपचार गराइरहेका निमा तेम्बा शेर्पाको ४३ वर्षको उमेरमा मृत्यु भएको हो ।

उनको बुधबार बिहान मृत्यु भएको हो । उनी सोलुखुम्बु जिल्ला सोताङ गाउँपालिका–४ दिम्बलका बासिन्दा हुन् । शेर्पा किदुग अमेरिकाको आजीवन सदस्य निमाका एक छोरा र एक छोरी छन् । उनी विगत १३ वर्षदेखि अमेरिकाको न्यूयोर्कमा बस्दै आएका थिए ।

केही दिन अघि अस्पताल र परिवारका सदस्यबिच भएको गलत बुझाईका कारण उनको मृत्यु भएको भनी सामाजिक सञ्जाल र सञ्चारमाध्याममा समाचार प्रकाशन भएको थियो । देश सञ्चारबाट साभार

Facebook Comments