केन्द्रीय रेडक्रसद्वारा पश्चिमाञ्चल अस्पताल तथा कास्की रेडक्रसलाई स्वास्थ्य सामग्री हस्तान्तरण(video)

आरजू/अनलाइनअन्नपूर्ण/पोखरा, असार २१

बिपद व्यवस्थापनको क्षेत्रमा लामो समयदेखि काम गर्दै आईरहेको नेपाल रेडक्रस सोसाईटीले कोरोनाको कहरकाबीच अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मिको लागि आईतवार पोखरामा स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयले कोकाकोला कम्पनीसंगको साझेदारीमा ति स्वास्थ्य सामग्री पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका निर्देशक डा.अर्जुन आचार्यलाई हस्तान्तरण गरेको हो ।

नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय निर्देशक दिव्यराज पौडेल, कोकाकोलाका केपि गौतम, रेडक्रसका प्रदेश सभापति सूर्यप्रसाद ढकाल, कास्की सभापति डोलराज पाण्डे, मन्त्री धर्मराज अधिकारीले स्वास्थ्य सामग्री अस्पतालका निर्देशक डा.अर्जुन आचार्यलाई हस्तान्तरण गर्नुभएको हो ।

कास्कीमा दुई चरणमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिने भएको छ । आईतवार हस्तान्तरण गरिएका स्वास्थ्य सामग्री १ लाख वढि मूल्यका रहेका छन् । १५ हजार थान सर्जिकल मास्क, केएन नाईन्टी फाईव मास्क १ हजार १५० थान, ५५० थान सुरक्षा पोशाक, सुरक्षा चस्मा ३०० थान, पञ्जा २० हजार जोडी, ४४० थान रबर बुट, सेनिटाईजर २५ सय बोतल रहेको छ । यस्तै निर्मलीकरण गर्ने केमिकल, सोडियम हाईपोक्लोराईड २ हजार २२५ लिटर र १५ हजार ११८ थान साबुन रहेका छन् । दोश्रो चरणमा क्षेत्रीय अस्पतालहरुको लागि एक एक वटा भेन्टिलेटर उपलव्ध गराउने रेडक्रसका केन्द्रीय निर्देशक दिव्यराज पौडेले बताउनु भयो ।

रेडक्रस गण्डकी प्रदेश सभापति सूर्यप्रसाद ढकाल, कास्कीका सभापति डोलराज पाण्डले कोभिड १९ मान्छे माथि बिपदको रुपमा आएको बताउनु भयो । त्यस अवसरमा बोल्दै कास्की सभापति पाण्डेले प्रदेशकै केन्द्रमा रहेको पश्चिमाञ्चल अस्पतालमा उपलव्ध गराईएको सामग्रीले महत्वपूर्ण भूमिका खेल्ने र आगामी दिनमा रेडक्रसको सहकार्य तथा सहयोग रहिरहने विश्वास व्यक्त गर्नुभयो ।

अस्पतालका निर्देशक अर्जुन आचार्यले कोभिड १९ संग लड्नका लागि रेडक्रसले उपलव्ध गराएका सुरक्षा सामग्रीहरुको उपयोग राम्रोसंग गरिने प्रतिवद्धता व्यक्त गर्दै अस्पतालको रेडक्रस कास्की र रत्त mसंचारसंग नङ र मासुको जस्तो सम्वन्ध भएको र यो कायम रहिरहने बताउनु भयो ।

आईतवार नै नेपाल रेडक्रस सोसाईटीले केन्द्रीय कार्यालयको तर्फबाट निर्देशक दिव्यराज पौडेल तथा साझेदार कम्पनी कोकाकोलाका केपी गौतमले क्षेत्रीय रक्त संचार सेवामा गएर कास्की रेडक्रसका सभापति डोलराज पाण्डेलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो ।

aarju
aarju
aarju
aarju
aarju
aarju
aarju
aarju
Facebook Comments