कृषि, पर्यटन, हस्तकला र उद्योग प्राथमिकता, उद्यमी बन्न चाहनेलाई मेला सुवर्ण अवशर :वरिष्ठ उपाध्यक्ष कोईराला(video)

by:aarju

अन्नपूर्णअनलाई/पोखरा, पुस १७-नेपालमा मेला महोत्सवको प्रचलन बसाउने पोखरा उद्योग वाणिज्य संघ नै हो । यस्ले विभिन्न आर्थिक गतिविधि चलायमान बनाउन, नेपालमा उत्पादित तथा विदेशमा उत्पादित वस्तुको बारेमा जान्ने, बुझ्ने र उद्यमी बन्नका लागि प्रेरित गर्ने महत्वपूर्ण काम गरेको वरिष्ठ उपाध्यक्ष नारायण कोईरालाले बताउनु भएको छ ।

बिहिवार रेडियो अन्नपूर्णसंग कुराकानी गर्दै कोईरालाले भन्नुभयो ः“मेला महोत्सव भन्ने बित्तिकै अवलोकन गर्ने, रमाईलो गर्नकालागि मात्र होईन, कुनैपनि उत्पादनका बारेमा राम्ररी जानकारी लिएर कोहि उद्यमी बन्न चाहेको खण्डमा मेला अवधिभर हामीले परामर्श दिन्छौं ।”

पुस १८ गतेदेखि पस २८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा आयोजना गरिएको संमृद्धि स्टिल्स् राष्ट्रिय औद्योगिक मेलाको बारेमा जानकारी गराउँदै कोईरालाले मेलामा बीजनेस टू बीजनेस, बीजनेस टू कष्टमरको कुरा आउँछ, सबै किसिमका सामाग्री उपलव्ध हुने भएकोले सुवर्ण मौकाको रुपमा लिनुपर्छ ।”

विशेषतः हाम्रै कृषि, पर्यटन, हस्तकला र उद्योगलाई प्राथमिकता दिएका छौं, यसको मतलव हाम्रा स्वदेशी उत्पादनको खपत गरौं, रकमलाई बाहिर जानबाट रोकौं र हामी आर्थिक सवलिकरणको बाटोमा जाम भन्ने हो । कोईरालाले व्यवसायीहरुले कृषि, पर्यटन, उद्योग तथा अन्य उत्पादनमूलक काममा लगानि गर्न ईच्छुक भएको बताउनु भयो । उहाँले भन्नुभयो ः“तर हामीलाई लगानि सुरक्षाको सुनिश्चितता गर्ने विश्वासिलो आधार छैन ।

व्यवसायीक क्षेत्रमा काम गर्नु भनेको सामूहिक काम हो । कोईरालाले भन्नुभयो ः“म पोखरा उद्योग वाणिज्य संघको टोली लिएर अष्ट्रेलिया गएँ, दंग परें, त्यहाँ सानो काम गर्नेलाई झन् ठूलो सम्मान गर्ने परिपाटी रहेछ । व्यवसायीसंग कुरा गर्दा नेपालमा लगानि गर्न ईच्छा पनि व्यक्त गर्नुभयो तर त्यहि हो सुरक्षाको प्रत्याभूति चाहिएको छ ।”

हामीलाई सबैभन्दा बैकिङ प्रणालीमा समस्या छ । लगानि बैंकबाट लिने हो तर व्याज दर उच्च छ । टू डिजिट सिस्टमबाट वन डिजिट सिस्टममा झर्न सकेको छैन । जग्गा पनि सजिलै उपल्ध हुन गाह्रो छ भने मूल्य पनि महंगो भएको छ । बैंकबाट ऋण लिएर गर्छु भन्दा व्याज महंगो छ । यसका बारेमा सरकारले सोच्नुपर्ने कोईरालाको भनाई थियो ।

शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिलाई आफ्नो उदेश्य त्यसै बनाएका होईनौं, कोईरालाले भन्नुभयो ः“आग्र्यानिक व्यवसायीक कृषिको लागि तालिम गर्दै आएका छौं, हाम्रो लगानिले यहिं रोजगार सिर्जना गर्ने प्रयास भईरहेको छ । युवा उद्यमी समूह छ, महिला उद्यमी समूह छ, अझैं यस्लाई व्यवस्थित गर्नको लागि स्थानिय तथा प्रदेश सरकारले निजि क्षेत्रसंग समन्वय गरेर अघि वढ्नु पर्ने हामीले चाहेका छौं, कोईरालाले भन्नुभयो ।

पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेलाका नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, महासंघ केन्द्रले साथ दिएका छन् । नेपाल पर्यटन वोर्ड तथा राष्ट्रिय वाणिज्य बैंक, आइएमई ग्रुपले प्रवर्धनमा गरेका छन् भने शिव शिखर कृषि सहकारी संस्था सहप्रयोजक र मुख्य प्रायोजक समृद्धि स्टिल्स् रहेको छ ।

Facebook Comments