कुखुराको खोरबाट पक्राउ परे जुवाडे

लमजुङ १२ कार्तिक ।बेसीशहर नगरपालिका–११ चितीमा जुवा खेल्दै गरेको अवस्थामा २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बिहान एक स्थानीय बासिन्दाको कुखुराको खोरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक धनबहादुर थापाले बताए ।

पक्राउ परेकाहरुको साथबाट नगद दुई लाख १६ हजारसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई जुवा ऐनअन्तर्गत कारवाही हुने र १४ गते कार्यालय खुलेपछि जिल्ला प्रशासन कार्यालयमा पेश गरिने प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

Facebook Comments