कास्की–२ मा २१ जना बिच भिडन्त

सन्देश श्रेष्ठ पोखरा, कात्तिक २४ । कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा २१ जना बिच चुनावी प्रतिष्पर्धा हुने भएको छ । निर्वाचन आयोगले तोकेको मिति गत कात्तिक २१ गते २५ जनाले उम्मेद्वारी दर्ता गरेपनि ४ जनाको उम्मेद्वारी कायम नरहेपछि अब २१ जनाले मात्रै चुनावी प्रतिष्पर्धा गर्ने भएका हुन् ।

उम्मेद्वारी दिएका मध्ये १ जनाले उम्मेद्वारी फिर्ता र ३ जनाको उम्मेद्वारी खारेज भएपछि २१ जना चुनावी प्रतिष्पर्धामा रहनेगरी निर्वाचन कार्यालय कास्कीले आइतबार अन्तिम नामावली प्रकाशन गरेको हो ।

निर्वाचन कार्यालय कास्कीका अनुसार पुरुषोत्तम खनालले उम्मेद्वारी फिर्ता लिएका छन् । स्वतन्त्र उम्मेद्वारी दिएका उनले आइतबार निर्वाचन कार्यालयमा पुगेर आफ्नो उम्मेद्वारी फिर्ता लिएको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

Facebook Comments