कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय

काठमाडौं १७ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा ले उपचुनावका लागि उम्मेदवार छनोट गरेको छ ।

नेकपा सचिवालयको आइतबार बसेको बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

भट्टराई यसअघि कास्की २ बाट निर्वाचित सांसद रवीन्द्र अधिकारीकी पत्नी हुन् ।

प्रदेश सभा सदस्यका लागि दाङ मा हुने उपचुनावमा विमला वली र भक्तपुर मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाइएको छ । वली सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद उत्तरकुमार वलीकी पत्नी हुन् ।

बाग्लुङ २ ख मा भने राष्टिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

यस्तै धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अनलाइनखबर

Facebook Comments