कास्की २ मा जनताले खोजेको विकल्प साझा पार्टीको जीत : रजनी केसी(video)

by:aarju

आरजू/पोखरा, मंसिर ०८

साझा पार्टीकि उम्मेदवार रजनी केसीले कास्की क्षेत्र नं २ मा मंसिर १४ गते हुन लागेको उपनिर्वाचनान आफ्ना जनपक्षिय एजेण्डाहरुको कारण जनताले विजयी गराउने दावि गर्नुभएको छ ।

आईतवार अनलाईनअन्नपूर्णसंग कुराकानि गर्दै केसीले जनताको वास्तविक आवाजलाई लिएर जनतामाझ गएको हुनाले पूराना दलहरुको कामबाट निरासा मात्र पाईरहेका जनताले आफुलाई गाउँघरमा प्रचारको क्रममा यसपालि विकल्प खोजेको र त्यो विकल्प साझा पार्टी भएको बताएका जिकिर गर्नुभयो ।

by:aarju

म क्षेत्र नं २ मा रहेका हरेक वडामा, समुदायमा पुगेको छु, जनतासंग छलफल गरेको छु, उहाँले भन्नुभयो :“मैले यो वा त्यो काम गर्छु भनेर आश्वासन बाँडेको छैन, जनताको काम नीति बनाएर, योजना बनाएर हुने भएकोले संसदमा पुगेर जोडतोडका साथ काम गर्छु ।”

उपनिर्वाचनको उम्मेदवारी हाम्रा लागि महत्वपूर्ण छ । आवाजबिहिनहरुको आवाज बन्नका लागि, सहिलाई सहि र गलतलाई गलत भन्नका लागि, बिकृति बिसंगतिका विरुद्ध बोल्न जान लागेको हो । केसीले भन्नुभयो ः“निर्वाचन जितेर संसदमा पुगेर आम जनताको हितका लागि र अन्यायका विरुद्धमा आवाज उठाउन निर्वाचन हाम्रो लागि महत्वपूर्ण र जीत आवस्यक छ ।”

केसीले निर्वाचनमा जित हुने आफ्ना आधारहरु पद्धती, पारदर्शिता, ईमानदारी र उत्कृष्टता रहेको बताउनु भयो । हामीकहाँ साच्चिकै लोकतन्त्र छैन, सहभागितामूलक लोकतन्त्र हुनुपर्छ, त्यसको लागि साहभागितामूलक लोकतन्त्र हुनुपर्यो, उहाँले भन्नुभयो :“कुनैपनि पार्टीबाट उठ्ने उम्मेदवारहरुलाई अस्वीकार गर्ने पद्धती छैन, ठाउँमा पुर्याएर पनि कार्यसंपादन मूल्यांकनको व्यवस्था छैन, हो यस्तै वातावरण निर्माणको लागि हामी जनतामा गएको हो ।”

Facebook Comments