कास्की २ :भट्टराई ५ हजार ९६० मत अन्तरले अगाडी

पोखरा, मंसिर १५-मंसिर प्रतिनिधिसभा उपनिर्वाचनको पछिल्लो मत परिणाम अनुसार नेकपाकी उम्मेदवार बिद्या भट्टराईले ५ हजार ९६० मतले अग्रता कायम गर्नुभएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३३, २१ र २० र १७ को मत परिणाम सार्वजनिक भएसंगै भट्टराईले ५ हजार ९६० मतले अग्रता लिनुभएको हो । उहाँले वडा नं ३३, २१, २० र १७ बाट जम्मा ११ हजार ८ सय ४६ मत प्राप्त गर्नुभएको छ ।

प्रतिद्वन्दी नेपाली कागेंसका उम्मेदवार खेमराज पौडेलले ५ हजार ८८६ मत प्राप्त गर्नुभएको छ ।

Facebook Comments