कास्की प्रशासनले यस अघि वितरण गरेको इपास आज मध्यरातबाट खारेज

दीननाथ बराल पोखरा ३१, वैशाख

जिल्ला प्रशासन कार्यालय कास्कीले यस अघि जारी गरेका इ पास लगायतका सम्पूर्ण सवारी पासहरु आज मध्य राति १२ः०० बजे देखि खारेज हुने जनाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल द्धारा जारी गरिएको सुचनामा कोरोना भाइरस शंक्रमण बढ्दो क्रममा रहेकोले त्यसको नियन्त्रणको लागि प्रशासनले यस अघि प्रदान गरिएका इ पास लगायका सवारी पास आज २०७७ वैशाख ३१ गते बुधबार मध्यराति १२ः०० बजे पछि खारेज हुने जनाइएको छ ।

साथै अन्य जिल्लाबाट जारी भएका पास समेत कास्कीमा मान्य नहुने भएको प्रजिअ ढकालले जनाए । परिवारका सदस्यको मृत्यु भएमा, शिकिस्त बिरामी भएमा, सुत्केरी महिलाको उपचारमा जिल्ला बाहिर जानु परेको खण्डमा भने इ पासमा अनुरोध गर्न प्रशासनले आग्रह गरेको छ । यस सम्बन्धि थप जानकारी लिनको लागि सूचना अधिकारी सहायक प्रजिअ श्रीनाथ पौडेललाई ९८५६०२४५०१ मा सम्पर्क गर्न सकिने भएको छ ।खाद्य बस्तु आयात तथा निर्यात, फलफुल तरकारी, निर्माण योजानमा के कस्तो रणनिती अपनाउने प्रशासनले केही दिन पनि अबस्था हेरी निर्णय गर्ने भएको छ ।

Facebook Comments