कास्की पत्रकारलाई डिजिटल ओरेन्टेशन


कास्की बैशाख २८ रासस

बन्दाबन्दीको सदुपयोगसहित पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ कास्कीले नियमित सञ्चार सम्बन्धित डिजिटल ओरेन्टेशनको कार्यक्रम सञ्चालन गर्दै आएको छ । असहज परिस्थितिमा कसरी पत्रकारिता गर्ने भन्ने विषयमा विषयगत विज्ञको भर्चुअल उपस्थितिमा आठौँ शृङ्खला सम्पन्न भएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।


श्रेष्ठले कोरोना त्रासमा कसरी समाचार सङ्कलन गर्ने तथा कुनकुन विषयमा ध्यान दिने भन्ने विषयमा वैकल्पिक अवस्थाको खोजी गरेर पत्रकारलाई डिजिटल ओरेन्टेशन सञ्चालन गरिएको बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “हामीले वैशाख २२ गते ९मे ३ ० विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरबाट अनलाइन ओरेन्टेशनलाई शुरु गरेका हौँ, पहिलो दिन नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्षले गोविन्द आचार्यबाट ‘कोरोना सङ्क्रमण र हाम्रो चुनौती’ विषयमा भर्चुअल ओरेन्टेशन भयो, त्यसयता आठौंँ शृङ््खला सम्पन्न भइसकेका छन् ।” श्रेष्ठले बन्दाबन्दीको समयभरि पत्रकारितासम्बन्धी सम्पूर्ण विषयको खोजी गर्दै विषय विज्ञबाट अन्तक्र्रियात्मक रुपमा ओरेन्टेशन सञ्चालन गरिँदै आएको बताउनुभयो ।

“लकडाउनभरि र पछि ः हाम्रो जिम्मेवारी र पत्रकारिता” मा पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले, “फेक न्यूज र त्यसले पार्ने दुष्प्रभावबाट बच्ने उपाय” का बारेमा माइसंसार डटकमका सम्पादक उमेश श्रेष्ठ, “अनलाइन जर्नालिज्म र अबको जिम्मेवारी” मा सेतोपाटीका सम्पादक अमित ढकाल, “विपत्मा मिडियाको भूमिका र पत्रकार सुरक्षाको सवाल” मा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्त, “फोटो जर्नालिज्ममा न्यूज एंगल र आचारसंहिता” मा नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष धु्रव आले तथा “टिभी जर्नालिज्म न्यूज एंगल र जोखिम व्यवस्थापनको उपाय” विषयमा नेपाल वातावरण पत्रकार समूहका पूर्वअध्यक्ष लक्ष्मण उप्रेती स्रोत व्यक्तिका रुपमा हुनुहुन्थ्यो ।

शृङ्खलाको आठाँैं दिन आज सञ्चारिका समूह नेपालका पूर्वअध्यक्ष बबिता बस्नेतले “लकडाउन, महिला मुद्दा र हाम्रो रिर्पोटिङ्ग” विषयमा सहजीकरण नर्गुभएको थियो । अध्यक्ष श्रेष्ठले हरेक दिन ४० देखि ५० पत्रकार डिजिटल ओरेन्टेशनमा सहभागी हुने गरेको बताउनुभयो । उहाँले बन्दाबन्दीको समयभरि हरेक दिन बिहान ११ बजे शुरु भई करीब डेढ घण्टासम्म डिजिटल अन्तक्र्रियात्मक सहभागिता हुने जानकारी दिनुभयो । उहाँका अनुसार शृङ्खलाको नवौंँ दिन मिडियामा कोरोना कहर विषयमा मिडिया अध्येता शेखर पराजुली स्रोत व्यक्तिका रुपमा रहनुहुने छ ।

Facebook Comments