कास्की कृषि पर्यटन महोत्सव हुने

पोखरा फागुन १९ सबिन रेग्मी

साझा साहारा नेपाल माछापुच्छे गाउपालिका घाचोकको आयोजनामा कास्की कृषि पर्यटन महोत्सव हुने भएको छ ।पोखराको बगरमा रहेको टुडिखेल खेल मैदानमा फागुन २३ देखि २८ गते सम्म महोत्सव हुने भएको हो ।

मौलिक कला संस्कृतिहरुको संरक्षण संबद्र्धन , स्थानीयहरुको उत्पादन, सिप तथा क्षमताको उचित ब्यवसायीकरण एबम् सामाजिक उत्थान र विकासमा समेत टेवा पुग्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक साझा नेपालले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

महोत्सवमा समाविष्ट खेल, मनोरञ्जन हास्यब्यङ्ग्य सांगितिक कार्यक्रहरु, नृत्य ब्यबसायीक कृषी र हस्तकला समाग्रीे सम्बन्धी ७० वटा स्टल रहने कार्यक्रम संयोजक उदविर नेपालीले बताए ।
कार्यक्रमा कास्की जिल्लाका भरिका बिद्यालयहरुबाट बाट ३०० जाना बिध्यार्थीहरुलाई छनोट गरी गरिब तथा जेहेन्दार छात्रबृत्ति बितरण गरीनुका साथै, सामाजिक काम गर्ने बृद्धाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको सहसंयोजक बाबुराम नेपालीले बताए ।

महोत्सवको मुख्य प्रयोजक कुञ्जना एग्रो रहेको छ । महोत्सव प्रबेश टिकट शुल्क रु ५० तोकिएको छ भने टिकट बाट उठेको रकमले स्याङजामा बेसाहाराको लागी भवन निर्माणमा सहयोग गरिनेछ ।

Facebook Comments