कास्कीमा राति १० बजे पछि देउँसी, भैलो नखेल्न प्रशासनको आव्हान

दीननाथ बराल पोखरा ७, कार्तिक । जिल्ला प्रशासन कार्यालय कास्कीले तिहार पर्वको अवसरमा राति १० बजे पछि देउँसी, भैलो नखेल्न आव्हान गरेको छ । शान्ति सुरक्षाका हिसावले राति १० बजेसम्मको लागि कास्कीमा देउँसी, भैलो खेल्न आफुहरुको आव्हान गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बताए

उनले भने “ प्रशासनिक हिसावले हामीले राति १० बजेसम्मको लागि देउँसी, भैलो खेल्न आव्हान गरेकाछौं, यद्यपी कसैले राति अवेरसम्म देउँसी भैलो खेलेर कुनै घटना घट्यो भने त्यस वेला हामीले उनीहरु उपर याक्सनमा जान्छौं ।” यदि कसैले पटका ओसार पोसार, बिक्रि वितरण र पट्काएको भेटेमा सार्वजनिक मुद्धासम्म चलाउने भएको उनले चेतावनी दिएकाछन्। तिहार पर्वको अवसरमा कसैले अखाद्यय पदार्थ बिक्रि वितरण गरेको र कुनै अखाद्यय पदार्थ मिसावट गरेको भेटेमा आज जनताले आफुहरुलाई खवर गरेमा उनीहरु उपर तत्काल कारवाही प्रकृया अघि बढाउने भएको बताए ।

कास्कीका प्रहरी प्रमुख एस.पी. दानबहादुर कार्कीले दशैं जस्तै तिहारमा पनि प्रहरीको बिषेश टोली ठाउँ ठाउँमा खटिने हुदा कानुनले बन्देज गरेका कुनै पनि कृयाकलाप नगर्न चेतावनी दिएकाछन्। यदि कसैले यात्राको क्रममा बढी भाडा लिने गरेको भेटिएमा प्रहरीलाई तत्काल खबर गर्न पनि उनले आग्रह गरे ।

Facebook Comments