कास्कीको पंचासे क्षेत्रमा युके समाजको सहयोग र पत्रकार पराजुलीको समन्वयमा राहत वितरण !

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ ०७-कोरोना प्रकोपका कारण आर्थिक समस्यामा परेका कास्कीको पोखरा महानगरपालिका -२३ मा पर्ने दमदमे, सिधाने, कुट्मीडाडा र मकानपुर क्षेत्रमा बसोबास गर्ने करिव १ सय जना विपन्न तथा असहाय परिवारलाई खाधान्न सहित राहात सामाग्री वितरण गरिएको छ ।

पोखरा फेवातालको मुहानको रुपमा मानिने उक्त क्षेत्र पोखराको मुख्य बजारबाट २० देखि करिव ३० किलोमीटर दुरीमा पर्छ । कास्की, स्यांजा र पर्वतको सिमानामा पर्ने पंचासे डांडा नजिक रहेकोले त्यस क्षेत्रलाई पंचासे क्षेत्रकों रुपमा समेत चिनिन्छ । विगतमा गुरुड् बस्तीको रुपमा रहेपनि पछिल्लो समय त्यस क्षेत्रका अधिकांश गुरुडं हरु बैदेशिक रोजगारिको शिलसिलामा विदेश जाने र बजार क्षेत्रमा बसाईं सर्ने क्रम तिव्र भएपछि हाल त्यस क्षेत्रमा दलित समुदाय र विपन्न वर्गको धेरै परिवार छन ।

पोखराबाट टाढा पर्ने भएकोले त्यस क्षेत्रमा सहयोगी संस्थाको पहुँच पनि कम छ । यसै सन्दर्भलाई मध्यनजर गरेर पंचासे हर्पनडाडा समाज युकेको सहयोगमा त्यस क्षेत्रमा राहत वितरण गरेको हो ! दमदमे, सिधाने, कुट्मीडांडा र मकानपुर लगायत त्यस क्षेत्रबाट युकेमा गएर विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरुले सन् २०१२ मा पंचासे हर्पनडांडा समाज युकेको स्थापना गरेको हुन ।

सोही समाजले त्यस क्षेत्रका बासिन्दालाई विभिन्न सहयोग गर्ने क्रममा यस पटक राहात स्वरुप खाधान्न वितरण गरेको हो ! पोखराबाट ४ वटा गाडीमा खाधान्न लिएर गाउं गााउंमा पुगेर वितरण गरेपछि स्थानीय सर्वसाधारण पनि निकै ख़ुशी भएका थिए । गाऊँ गाउंमा भेला भएका स्थानीय बासिन्दाहरुले आफ्नो समस्या बुझेर सहयोग गर्न आएको भन्दै समाजको प्रशंसा गरेका थिए ।

राहत वितरण कार्यक्रममा बोल्दै एनआरएन युकेका सल्लाहकार समेत रहेका पंचासे हर्पन डांडा समाज यूकेका महासचिव प्रकाश गुरुडंले आफ्नो जन्म स्थानको सम्झना र आफन्तहरुको मायाका कारण कठिन परिस्थितिमा रहेर पनि युकेमा रहेकाहरुबाट सहयोग जुटेकोले राहात सामाग्री वितरण गरिएको जानकारी दिए । समाजले यस अघि पनि विभिन्न कामका लागि करिव ३० लाख वरावरको सहयोग (एम्बुलेन्स सेवा, भुकम्प पिडितका लागि, उपचारका लागि ) गरेको र भविष्यमा पनि गर्दै जाने उनले बताए । गुरुडं सहित उनकी श्रीमती संगिना गुरुडं र समाजका सदस्हरु धर्मावती गुरुडं र मनदेवी गुरुडं समेत राहत वितरणमा सहभागी भएका थिए ।

पोखरा महानगर-२३ का वार्ड सदस्य द्वय दुर्गा बहादुर घले र भरत भण्डारीको रोहवरमा तिन स्थानमा छुट्टाछुट्टै कार्यक्रम गरेर राहात वितरण गरिएको थियो । त्यस अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ एवं नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले युकेमा बस्नेहरुले आफ्नो गाउं लाई सम्झेर सहयोग गरेकोमा खुसी प्रकट गर्दै समाजले अन्य क्षेत्रमा पनि रचनात्मक काम गर्दै आएको बताए । आंफ्नो बेलायत भ्रमण पछि समाजसंगको सम्बन्ध थप प्रगाढ बनेको स्मरण गर्दै पराजुलीले यस पटक पनि आफ्नो जन्मगाऊँमा समाजसंग समनवय गरि राहात सामाग्री लिएर आउन पाएकोमा ख़ुशी लागेको बताए ।

राहत वितरण गर्न आयोजित छुट्टा छुट्टै संक्षिप्त कार्यक्रममा स्थानीय समाजसेवीहरु पदम बहादुर गुरुडं, गुमानसिंह गुरुडं, शिक्षासेवी मिनबहादुर गुरुडं, सामाजिक कार्यकर्ता सबिन गुरुडं, लक्ष्मी गुरुडं लगायतले आआफ्नो भनाई राखेका थिए । त्यस क्षेत्रका ८० जना भन्दा बढीलाई प्रति परिवार २५ केजी चामल, २ लिटर तेल, २ केजी दाल २ केजी चिउरा, नुन, चिनी, चियापत्ती, साबुन लगायतका सामाग्री राहत स्वरुप वितरण गरिएको थियो ।

Facebook Comments