कास्कीको देउरालीमा हिउँ पहिरोले पुरिए दुई जाना को मृत्यु

पोखरा ६ कार्तिक । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं ११ देउराली बेस क्याम नजिक बगरमा हिंउको चट्टान फुटेर ३ जना नेपाली पर्यटक पुरिएका छन् ।

पुरिएका मध्ये पोखरा महानगरपालिका वडा नं ५ का सञ्जय खनाल मृत अवस्थामा फेला परेको विवरण प्राप्त भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनास्थल प्रहरी चौकी घान्द्रुकबाट अन्दाजी पैदल १८÷१९ घण्टा उत्तर पर्ने भएकाले घटनाका विषयमा थप अनुसन्धान भईरहेको बताईएको छ ।

पुरिएका मध्ये २ जनालाई उद्दार गरी पोखरा ल्याईएको छ । पुरिएर घाईते हुनेमा पोखरा महानगरपालिका ११ फुलबारी बस्ने २० वर्षीय सन्तोष वास्तोला र पोखरा महानगरपालिका वडा नं ५ पर्स्याङ बस्ने १८ वर्षीय निरञ्जन कोईराला रहेका छन । उनीहरु दुबैजनाको अवस्था सामान्य रहेको र मणिपाल अस्पतालमा उपचार भईरहेको छ ।सोत : कडा न्युज

Facebook Comments