कास्कीको अन्नपूर्ण गाउँपालीमा बाँदर आतंक

सबिन रेग्मी पोखरा जेठ १७


कास्कीको अन्नपूर्ण गाउँपालीका वडा नम्बर ३ पाउँदुरकोटमा बादरले आतंक मच्चाएको छ। बादँको आतंकले खेतीबारी मात्र होइन घरघरमा समेत पसेर घरमा भएको खानेकुरा समेत लगेको हो ।
स्थानीयबासी लक्ष्मीदेबी पौडेलले भनिन् पहिला, पहिला खासै नदेखीने बाँदर बिगत ४ ÷ ५ बर्ष देखी यस्तो समस्या भोग्दै आएको बताइन।

पौडेलका अनुसार खेती गरेर मात्रैके गर्नु सबै बादरले सखाब परिहाल्छ किसानलाई दुख मात्र हुन्छ बरु खेती गर्नु भन्दा त खेतीनै नगरने अबस्थामा पुगेको उनले बताइन ।पौडेल जस्तै अर्का स्थानीबासी अनिता पौडेल रेग्मीले आक्रोस पोख्दै भनिन् कोरोना भाइरस माहामारीले गर्दा देशको अर्थतन्त्रनै तल झरेको अबस्थामा देशमा भोकमरी हुने सम्भावना देखिएकोमा यसरी बाँदले आतंक मच्चाएर लगाएको खेती र घरमा भएको अन्न पनि जोगाउन गाह्रो हुने अबस्था भएको बताइन । उनले थपिन गाउँघर वरपर भएका रुख हरु लाई काटेर पनि केही हद सम्म भए पनि बादँरबाट जोगीन सकिने रेग्मीको भनाई रहेको छ ।

मानब बस्ती गाउँ बाट शहरतर्फ बसाई सरे पछि पछिल्लो समय गाउँमा बस्ती पातलिदै गए पछि बादँर आतंक देशभरीनै देखीदै आएको छ । कास्की जिल्लाका बिभिन्न गाउँपालीका तथा पोखरा माहानगर भित्र पनि बाँदरले समस्या दिदै आएको छ ।यस्तो अबस्थमा सम्बन्धीत वडाले बेलैमा आबश्यक साबधानी अपनाउनु पर्ने देखिन्छ ।

Facebook Comments