कास्कीका जनताको आईस ब्रेक- ‘बैकल्पिक मत कडा चुनौती’ :विश्व सिग्देल(video)

आरजू विष्ट सल्यानी/ पोखरा,३ मंसिर

राजनीतिक विश्लेषक विश्व सिग्देलले मंसिर १४ गते कास्की क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधि सभा सदस्य उपनिवर्चनका लागि दलहरुले पहिले पहिलेको भन्दा थोरै मितव्ययी भएको जस्तो देखिएको बताउनु भएको छ ।

मैले नजिकैबाट निर्वाचनलाई हेरिरहेको छु, पहिले पहिलेका निर्वाचनमा दलहरुले असिमित खर्च गर्थे, यहाँसम्म कि अझैं पनि औद्योगिक क्षेत्र वरपरका भित्ताहरुमा देख्न सकिन्छ, उहाँले भन्नुभयो ः“त्यहाँ २०४८ साल पछि लेखिएका विभिन्न राजनीतिक चरीत्रका भित्ते लेखनहरु देख्न पाईन्छ, गाउँ गाउँबाट सयौं बसमा मान्छेहरुलाई पोखरामा ओसार्दा लाखौं खर्च गरेको देखिन्थ्यो, वजार तथा राजमार्ग क्षेत्रमा तुल व्यानर पोष्टर टाँसेर वातावरण प्रदुषण गरेको पाईन्थ्यो ।”

भित्रभित्र त उनहिरुको केके चल्छ, उनिहरुले जान्ने कुरा हो, लेनदेन, पैसाले भोट खरीद गर्ने, खानपान हुन्छ होला तर अहिले देखिने गरि त्यस्तो बाहिर आएको पाईन्न, यस्ले केहि हदसम्म चेतनाको स्तर बढेर होला, सिग्देलले भन्नुभयो ः“मान्छेमा थोरै भएपनि आएको चेतनाकोस्तर, मितव्ययीताले होला आचार संहितालाई पालाना गरेको जस्तो देखिन्छ ।”

यो पालिको उपनिर्वाचनमा मुख्यगरि प्रतिष्पर्धा दुई ठूला दलबिच नै हुन्छ तर दुवैको लागि वैकल्पिक शक्तिको रुपमा उदाएका साझा पार्टी, विवेकशिल, समाजवादी त झन् सरकारमै छ उनिहरुले गर्दा कास्कीका जनताले आईस ब्रेक गर्न लागेका छन् । जनमतको हिासबले, सहानुभूतिको हिसाबले र न्यायको हिासाबले हेर्ने हो भने नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई तुलनात्मक रुपमा सहानूभुति वढि देखाएको पाईएको छ, एउटा विद्वान नेता, निष्ठावान, लोभलालचबाट टाढै रहेको मान्छे हो, तर यति भन्दै गर्दा विद्या भट्टराईको उपस्थिति पनि कम छैन ।

चुनावमा लोकप्रियता, विरासत र सहानुभूतिले मात्र पुग्दैन, भौतिक पक्ष, व्यवस्थापकिय पक्ष लगायतका थुप्रै कामको संयोजन गर्न सक्ने शक्तिको हिसाबले पौडेलको लि पक्ष कमजोर देखिएको छ, सिग्देलले भन्नुभयो ः“व्यवस्थापकिय पक्ष विद्याजीको असाध्यै राम्रो छ, पार्टी, संगठन, उनिहरुको लगाव, शैली बलियो देखिएको छ ।”

पौडेल र भट्टराईबिचमा नै टक्कर हुने संकेत देखिएको छ उपनिर्वाचनमा । तर यो पालि पोखरेली राजनीतिमा आईसब्रेक पनि हुँदैछ, यो कुरालाई मुख्य दलहरुले कम आँकेका छन्, जो उनिहरुको लागि घातक पनि हुन सक्छ । बिसौं वर्ष कांग्रेसको राजनीतिमा संलग्न भएर क्षमतावान मान्छेलाई कांग्रेसले अटाउन सकेन र साझा पार्टीको बलियो उम्मेदवारको रुपमा आएको यथार्थ हो । मतदाताहरु परम्परागत पार्टीका, स्वतन्त्र, पार्टीका असन्तुष्ट वा नयाँ अनुभव गरौं नयाँलाई पनि हेरौं भन्ने र कोहि लोप्रियताको जस दिने खालका हुन्छन् । योे पटक नयाँ पुस्ताले त्यो आईसब्रेक गर्न लागेका छन् वैकल्पिक शक्तिको पक्षमा जाने देखिन्छ । साझाकि रजनी केसी वा समाजवादीका ईन्जिनियर धर्मराज गुरुङप्रति आकर्षित भएको पनि देखिएको छ । दुवैले कांग्रेस, कम्यनिष्ट, स्वतन्त्र, लोकप्रिय मत र सबैले छुटाएका युवा, उत्पिडित वा अन्य समुदायका भोटलाई लैजाने स्थिति देखिएको सिग्देलले बताउनु भयो ।

जित र हार हुन्छ यो परिणामले देखाउला तर विकल्पको रुपमा आएका उम्मेदवारको पक्षमा जाने मत र मतदाता प्रमुख रुपमा कडा चुनौती हुन, यो कसैलाई हेक्का भएको जस्तो लाग्दैन । मलाई के लाग्छ भने निर्वाचनमा कोहि जितेर हार्छन् र कोहि हारेर पनि जितेको अनुभव गर्छन्, त्यस्को बस्तुगत आधार हुँदैन । सिग्देलले भन्नुभयो ः“विकल्प रोज्ने भनेको दलहरुको निरंकुश चरीत्रको कारणले हो, अहिले यो मनोविज्ञान देखिएको छ ।”

Facebook Comments