कास्कीकाँग्रेसद्वारा सावधानी अपनाउन अपिल

पोखरा, ९ चैत

नेपालीकाँग्रेस कास्कीले विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षित रहनलागिआवश्यक सावधानीअपनाउन सबैलाई आग्रह गरेको छ ।

कास्कीकाँग्रेसका सभापति कृष्णबहादुर केसीको अध्यक्षतामापदाधिकारी, क्षेत्रीय सभापति र पोखरा महानगरपालिका सभापतिसहितआइतबार बसेको आकस्मिक बैंठकले त्यस्तो आग्रह गरेको प्रवक्ता नवीन सिग्देलले बताए ।

विश्वकाअधिकांश राष्ट्रमा यसको संक्रमणसँगै त्रास बढिरहेको भन्दै बैठकपछि जारी विज्ञप्तिमा सचेत रहनु नै सबैभन्दाउत्तमविकल्प देखिएकाले सजग, सचेत र स्वयंमजिम्मेबार बन्दै आफू र अरुलाई समेत जोगाउने गरी तत्पर रहनअपिलगरिएको छ ।

कास्की काँग्रेसका सभापति कृष्णबहादुर केसीद्वारा जारी विज्ञप्तिमा विषम परिस्थितिमा आम उपभोत्ताहरुमा खाद्यान्न लगायत अत्यावश्यक सेवामा समेत कृत्रिमअभाव महसुस हुनथालेकाले त्यसको निराकरणका लागि तिनै तहका सरकारको ध्यानाकर्षण गराइएको छ ।

विज्ञप्तिमाआर्थिक क्षेत्रमा परेको प्रतिकुल असर न्यूनिकरण गरी आमनागरिकलाई राहतउपलब्ध गराउन सरकारलाई आग्रहगरिएको छ ।

त्यस्तै, पार्टीका सबै तहलाई नागरिक सेवामा समर्पित भई आमनागरिक र आफूलाई समेत सुरक्षित राख्न अनुरोध गरिएको छ ।

Facebook Comments