काठमाडौंले धनगढीलाई दियो १८६ रनको चुनौती

काठमाडौं २ पुष । पोखरा प्रिमियर लिग पीपीएल टी(ट्वान्टी क्रिकेट लिग अन्तर्गत अहिले काठमाडौं गोल्डेन वारियर्सन र धनगढी ब्लुजबीचको खेल जारी छ ।

जारी प्रतियोगितामा काठमाडौं गोल्डेन वारियर्सनले धनगढी ब्लुजलाई १ सय ८६ रनको चुनौती दिएको छ ।

पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १७ ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो । उसका कप्तान ज्ञानेन्द्र मल्लले शतकीय इनिङ्स खेले । उनले ३८ बलमा ८ चौका र ९ छक्का प्रहर गर्दै सय रन बनाए ।

यस्तै जयकिशन कोल्सावालाले ४६ रनको इनिङ्स खेले । ३७ बल खेलका उनले ४ चौका र २ छक्काको मद्दतमा अर्धशतकबाट ४ रानाले चुके । मल्ल र कोल्सावालाले तेस्रो विकेटको लागि शतकीय रनको साझेदारी गरेका थिए । खराब मौसमको कारण ढिलो शुरु भएको खेल १७ ओभरमा घटाइएको थियो । यस संस्करणमा काठमाडौंले बनाएको रन प्रतियोगिताको सर्वाधिक रन

धनगढीका कमल सिंह ऐरीले ४ तथा सागर ढकालले १ विकेट लिए । प्रतियोगितामा काठमाडौं पहिलो जितको खोजीमा रहेको छ भने धनगढी लगातार दोस्रो जित निकाल्न चाहान्छ ।सोमबार भएको पहिलो खेलमा विराटनगरलाई ५ रनले पराजित गर्दै धनगढी ब्लुजले प्रतियोगितामा सुखद सुरुवात गरेको थियो ।

एक जित निकालेको धनगढी २ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । दुवै खेलमा पराजित काठमाडौँ भने अंक विहिन हुँदै तालिकाको पुछारमा छ । खबरहब

Facebook Comments