कांग्रेस बैठक बहिस्कारपछि पूर्वको शक्ति पिठ पाथीभरा पुगे पौडेल

काठमाडौं मंसिर २९ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पूर्वकै सबैभन्दा ठुलो शक्ति पिठ मानिने पाथीभरा भगवतीको दर्शन गर्न पुगेका छन् । बरिष्ठ नेता पौडेल परिवारसहित ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनका लागि पुगेका हुन् ।

बिहिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेपछि बरिष्ठ नेता पौडेल आइतबार बिहान परिवारसहित पाथिभरा मन्दिर पुगेका छन् । पाथीभरा देवी विश्‍वास आस्था एवं पवित्रताकी देवी हुन ।

बिहिबार कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको कार्यकाल कम्तिमा एक बर्ष बढाउने प्रस्ताव गर्दै तत्काल माधिवेशन नगर्ने तयारी गरेसँगै पौडेल र सिटौलाले बैठक बहिस्कार गरेका थिए । बैठक बहिस्कार गरे लगत्तै पौडेलले आफ्नै कार्यकक्षमा केन्द्रीय समितिका आफू निकट सदस्यहरुसँग छलफल गरेका थिए।

केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेपछि पाथिभरा पुगेका बरिष्ठ नेता पौडेलको भ्रमणलाई राजनीतिक रुपमा महत्वपूर्ण रुपमा हेरिएको छ ।

महाधिवेशनको कार्यतालिका पास गरेरै अघि बढ्ने पौडेल पक्षको अडानमा सभापति देउवा सहमत नभएपछि पौडेल पक्षको बहिस्कारका विच गत बिहिबार कार्यसमितिको बैठक देउवाले राखे । त्यसपछि सहमतिका लागि भएका देउवा र पौडेलबीच पटकपटकको प्रयास असफल भएपछि पौडेल शक्ति पिठ तिर लागेका हुन् । यता आइतबार बस्ने केन्द्रीय कार्यसमितिको बैठक पौडेल पक्षको सहमति बिनै संचालन गर्ने तयारीमा देउवा जुटेका छन् ।

पाथीभरामा देशका विभिन्न भेगका साथै भारत र भूटानबाट समेत दर्शनार्थी पुग्ने गर्छन्। किंवदन्ती अनुसार पाथीभरामा मागेको मनोकामना पुरा हुने गरेको छ । मनोकांक्षा पूरा भएपछि बत्ती बाल्न आउने भक्तजन पनि उत्तिकै हुन्छन् ।

पाथीभरा क्षेत्र हिमाली दृश्यावलोकनका लागि पनि उपयुक्त छ । मन्दिर क्षेत्रबाट विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालका साथै साउथ कञ्चनजंघा, यालुङखाङ, मकालु, कुम्भकर्ण लगायतका हिमाल देख्न सकिन्छ ।हाम्रा कुरा डट कम

Facebook Comments