करोडौं कमिसन प्रकरणले राजिनामा दिन वाध्य, आधार नैतिकता-मन्त्री बास्कोटा

अनलाइनअन्नपूर्ण/पोखरा, फागुन ८

करोडौंको कमिसन प्रकरणले अन्ततः संचार मन्त्री गोकुल बाँस्कोटालाई पदबाट राजिनामा दिनु पर्ने अवस्थामा पुर्याएको छ ।

हाम्रा कुराले कमिसन काण्डको अडियो सार्वजनिक गरेपछि नेपालमा वढेको चर्को विरोध, दलका नेताहरुले पदबाट राजिनामा दिन बेस हुने भनेका कुरा र नेपाली कांग्रेसको संसदसम्मको विरोधपछि उनले नैतिकताको आधारमा भन्दै पदबाट राजिनामा दिएका हुन ।

आज अपरान्ह ट्वीट गर्दै बास्ँकोटाले लेखेका थिए, :“मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको जानकारी गराउँदछु । धन्यवाद ।

कञ्चनपुरबाट फर्किएपछि दिउँसो उनले राजिनामा पत्रलाई वालुवाटार पुगेर प्रधानमन्त्री केपि शर्मा ओली समक्ष बझाएका बताईएको छ ।

आजै दिउँसो राजिनामा सम्वन्धमा सभामुख अग्नि सापकोटाले पनि मन्त्री बास्कोटाले राजिनामा दिएको कुरा प्रतिनिधिसभा वैठकमा जानकारी गराएका थिए ।

आजै बिपक्षि दल कांग्रेसले संसदका दुवै सदनको वैठक पनि बास्कोटाको कमिसन प्रकरणलाई लिएर अवरुद्ध गर्यो । साथै एउटा वक्तव्य निकालेर कारबाहि र अनुसन्धानको माग गर्यो ।

Facebook Comments