कमिकमजोरी विरुद्ध आवाज उठाउँदा रेडियोकर्मि/पत्रकार शाहलाई कर्मचारीद्वारा ज्यान मार्ने धम्कि

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ ०१

विश्व यापी कोरोनाको महामारी फैलिरहेकोमा प्रदेश नं. २ पनि प्रभावित भएको छ । प्रदेशमा भईरहेका कामहरुको बारेमा विभिन्न कमिकमजोरी देखिएका बताईएको छ ।

प्रदेश नं. २ को सामाजिक विकास मन्त्रालय मातहत रहेको प्रदेश प्रयोगशाला जनकपुरमा भैरहेको अनियमितता सन्दर्भमा रेडियो जनकपुर ९७ मेगाहर्जबाट आवाज उठाउँदा ज्यान मार्ने धम्कि आएको कार्यक्रम संचालक पत्रकार शीतल साहले बताएका छन् ।

कार्यालय प्रमुख विनय कुमार साह कार्यालयमा हाजिर रहँदा रहँदै सहायक प्रमुख मनोहर मिश्रले अधिकार दुरुपयोग गरी प्रयोगशालाको सबैभन्दा जुनियर स्टाफलाई स्वाब संकलन गर्ने TOT तालिममा काठमांडौ पठाएको साहद्वारा जारि विज्ञप्तिमा जनाईएको छ ।

अनियमितताको सन्दर्भमा कार्यक्रम संचालक शीतल साहले आवाज उठाउँदा प्रादेशिक अस्पतालका जुनियर स्टाफ जुगल यादव समेत ३ जना रेडियो जनकपुरमा गएर धाक, धम्की देखाइ ज्यान मार्ने धम्की दिएकोले उनिहरुलाई तत्काल पक्राउ गरी कार्यावाही गर्न साहले माग गरेका छन् ।

Facebook Comments