कमरेड-फूल रोप्ने हो कि,पार्टीको झण्डा गाड्ने हो ?

आरजू/पोखरा, कात्तिक-२७-२०७६

डोजर चल्यो
चैतारी ढल्यो,
जीवन ढल्यो
सभ्यता ढल्यो,
संस्कार ढल्यो
रोटी गुम्यो,
छोपियो कंक्रिटले,
बेरीयो कंक्रिटले,
काल्पनिक कंक्रिटको घेराबन्दिमा
चुपचाप पालिखेचोक
मुल्तविमै रहेको
गर्भमै भएको हराभरा
त्यो हराभरा पारिनु अघि
फूलहरु गाडिनु अघि
झण्डा गाडिएछ ।

डोजर लगाएर भत्कायो पोखरा महानगरपालिकाले चालिखेचोकको चौतारो र भवन । भवन भत्किए, चौतारो ढालियो र सडक फराकिलो पारियो । हाम्रो संस्कार, संस्कृति र परम्परामा कहिं न कहिं त चोट पुगेकै हो ।

केहिको रोजगार गुम्यो, केहिको पुख्र्यौली थलो गुम्यो । यो संगसंगै चौतारी गुम्यो । बटुवाहरुको थकान मेटाउने थलो गुम्यो, चराचुरुङ्गीको बासस्थान गुम्यो र केहि न केहि वातावरणिय असन्तुलन भयो । कतिको आस्था र संस्कार गुम्यो । जन्मदा वा मर्दाका बखत् वरपिपल दाहिने पारेर घुम्ने परम्परालाई तत्स्थानका लागि अन्त्य गरियो ।

काममा गरिने ढिलासुस्तिले बिक्षिप्त र उदास बनेको पालिखेचोक उदास उदास लम्पसार भएर सजिव, निर्जिव, यान्त्रिक बाहनहरुको पिडा खपिरहेको छ । हराभरा भएर वातावरण गुल्जार बनाउने आशामा रहिरहँदा छातिमाथि फूलहरु गाडिनु अघि झण्डा गाडिएको दृश्य देखाईरहेको छ ।

आवतजावत गर्नेहरुले भनिरहेका थिए :“यो ठाउँमा फूल रोप्ने हो कि पार्टीको झण्डा गाड्ने हो ? जय होस्

Facebook Comments