कफी कृषकलाई उद्यमशिलता रोस्टिंग तथा कपिंग तालिम

पोखरा, २२ कार्तिक । पोखरामा ३० जनाकफी कृषकहरुलाई कफी उद्यम शिलता रोस्टिंग तथा कपिंग सीप विकास तालिम प्रदान गरिएको छ । कृषकहरु लाई कफी खेती लगाउन प्रोत्साहन गर्र्दै कफीको उत्पादन वृद्धि गर्ने तथाकफीलाई आन्तराष्ट्रिय बजारमाबिक्रीवितरण गर्ने उद्देश्य सहित राष्ट्रिय चिया तथा कफी विकास वोर्ड क्षेत्रीय कार्यलय पोखरले तालिमप्रदान गरेको हो ।
किसानलाई कफीको बिरुवा रोप्नेदेखि कप (उत्पादन गरेर खाने),भुट्ने,सुकाउने,प्रशोधनगर्ने सम्मको विधिबारे जानकारी दिइएको छ ।


किसानलाई कफीको नर्सरी उत्पादनगर्ने, बीउ छर्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, हाँगा काँटछाँट गर्ने, बढी फलफलाउने, टिप्ने, बोक्रा छोडाउने, सुकाउने,भुट्ने पिस्नेतथा प्रसोधनगर्नेदेखि बजार व्यवस्थापन सम्मका सबै तालिमदिएको वोर्डले जनाएको छ ।
व्यवसायिक तथा प्राविधिक सीप भएका दक्ष श्रमिकहरु लाई लक्षित गरी स्वदेशमै स्वरोजगार मूलक व्यवसाय संचालन गर्न आयोजना गरिएको कफी उद्यमशीलता सम्बन्धी३ दिने तालीम शनिवार सकिएको हो ।


तालिम समापनकाअवसरमा गण्डकी प्रदेशकाउद्योग,पर्यटन,वन तथावातावरण मन्त्रीविकास लम्सालले कृषि,पर्यटन,उद्योगको माध्यम बाट रोजगारी सिर्जना गर्न प्रदेश सरकारले पूर्वाधार निर्माणमा जोड दिएको बताउनुभयो ।


“कृषि उत्पादनमा लाग्ने तथा कृषिमा आश्रित किसानहरुलाई सरकारले सहयोग गर्छ,गर्दै आएको पनि छ,कृषि खेतीगर्ने,त्यसको बजारीकरण गर्ने त्यो सबै कामतपाईले गर्नेहो,मन्त्रीलम्सालले भन्नुभयो,”सरकारको कामपूर्वाधार निर्माण गर्ने हो, सहजकिसिमले कृषि व्यवसाय गर्न वातावरण सिर्जना गर्ने हो । केहीँ गर्छु भनीजोश जागँरका साथयूवाहरुतयार भएसरकारले जुनसुकै सहयोग गर्न पनितयार रहेको उहाँको भनाई थियो ।


“विदेशीभुमीमा१९ घण्टा सम्म जस्तो सुकै कामगर्न पनि मन पराउने नेपालीहरुले स्वदेशी भुमी माईलमगर्नतथालगानीगर्न तयार नहुने अनि सरकारलाई केहीँ गरेन भनीआरोप लगाउने परिपाटी छ,मन्त्री लम्सालले भन्नुभयो”यो काम गर्छु भनी योजनाबोकेर आउनुहोस् सरकारले कुन लेभलको सहयोग गर्ने हो गर्छ ।


नेपाल कृषिप्रधान देश भएकाले देशको समृद्धि र जिवन स्तर उकास्नकालागिकफी खेतीव्यवसायीक र आधुनिकिकरण तथानयाँप्रविधि बाट गर्ने हो भने गण्डकी प्रदेशमाकफी खेतीको राम्रो सम्भावना रहेको चर्चा गर्नुभयो ।


केन्द्रिय कफि व्यवसाय महासंघका कोषाध्यक्ष आनन्द सुवेदीले विदेशीएका यूवाहरुलाई स्वदेशमा फर्काइ कफि खेतीतर्फ आकर्षण गराई कफी खेतीको विकास र विस्तार गर्न सके कफी बाट आर्थीक समृद्धिका साथै रोजगारका प्रशस्त ढोकाहरु खुल्ने बताउनुभयो । साथै उहाँले सामुदायीक वनमा कफी खेतीगर्न नपाउने नितिका कारण कफी खेती बाट अपेक्षीत प्रतिफलन आएको भन्दै

सामुदायीकवनमाकफीखेतीकोविस्तार गर्न पाउनुपर्ने मागसमेत राख्नुभयो ।तिनदिने कफीउद्यमशिलता रोस्टिंग तथाकपिंग सीप विकास तालिम बाट धेरै ज्ञान हासिल गरेको भन्दै समिक्षाशर्माले तालिमप्रदान गरेकोमावोर्डलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

Facebook Comments