कन्याक्याम्पस : यसैबर्ष गुणस्तर सुनिश्चितता प्रमाणपत्र प्राप्त गर्ने

मंसिर ७, पोखरा-कन्याक्याम्पस पोखराको २५ औं साधारण सभा आज सम्पन्न भएको छ । सभामा अध्यक्षता गर्नुहुँदै सञ्चालक समिति अध्यक्ष योगेन्द्रलाल प्रधानले क्याम्पसले गुणस्तर सुनिश्चितता प्रमाण पत्र प्राप्त गर्न पहल गरिरहेको बताए ।
बिश्वविद्यालय अनुदान आयोगमा स्वअध्ययन प्रतिबेदन पेश गरी सकिएकोमा आयोगबाट मूल्यांकनको समुह निर्माण भै पूर्व अनुगमन पनि सम्पन्न भएकाले क्याम्पसमा थप सुधार गरी यसबर्ष नै गुणस्तर सुनिश्चितता प्रमाणपत्र प्राप्त गर्ने बिश्वास रहेको बताए ।
कार्यक्रममा क्याम्पसका निवर्तमान अध्यक्ष सुशीलकुमार गोशलीले क्याम्पस स्थापनाका लागि लामो समय योगदान दिनुभएका संस्थापक अध्यक्ष लेखतमान लाभाजु र संस्थापक क्याम्पस प्रमुख प्राध्यापक सुरेन्द्र भारीलाई धन्यवाद ज्ञापन गर्दै क्याम्पसले गुणस्तरमा उल्लेखनिय सुधार गर्दै गएकाले क्याम्पसले अझ उच्च गति लिने बिचार व्यक्त गरे ।
क्याम्पस प्रमुख सुरेशकुमार मानन्धरले बार्षिक प्रतिबेदन पेश गर्नुहुदै क्याम्पसमा हाल कक्षा १० जोड २, स्नातक र स्नातकोत्तर तह गरी ७१३ जना छात्राहरु अध्ययन गरिरहेको बताए । क्याम्पसमा गुणस्तर सुनिश्चितता प्रमाणपत्र हासिल गर्न तयार पारेको स्वअध्ययन प्रतिबेदन बिश्वबिद्यालय अनुदान आयोगमा बुझाईसकेपछि मूल्यांकन समुहका संयोजक प्रा.डा.इन्दु आचार्य र बिश्वबिद्यालय प्रतिनिधी ममता प्रजापतिले क्याम्पसको अनुगमनकासाथ सञ्चालक समिति, शिक्षक, कर्मचारी, बिद्यार्थी, पूर्व छात्रा, समुदाय, अभिभावक, रोजगारदाता लगायतका सरोकारवालासंग अन्तक्र्रियाको कार्यक्रम सम्पन्न गरी प्रतिबेदन पेश भैसकेको जानकारी दिए ।
कन्याक्याम्पस प्राध्यापक संघका सभापति क्षेत्र बहादुर क्षेत्रीले गुणस्तर सुनिश्चितता प्रमाणपत्र प्राप्तिका लागि गरिने सम्पूर्ण प्रयासबाट नै सबै पक्षको भलाई हुने भएकाले सम्पुर्ण प्राध्यापकहरुले सक्दो सहयोग गर्ने बताए । क्याम्पसका छात्रा कल्याण समितिका संयोजक ममता शाहले क्याम्पसमा भौतिक सुविधाहरुको बृद्धिले बिद्यार्थीहरुलाई धेरै सहयोग पुगेको बताईन ।
कार्यक्रममा क्याम्पसका संस्थापक क्याम्पस प्रमुख सुरेन्द्र बहादुर भारीजु, निवर्तमान क्याम्पस प्रमुख मेजरमान बज्राचार्य, गुरु तेजनाथ घिमिरे, प्रा.डा. यादवशर्मा गौडेल, नेपाल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, शिक्षक अन्जना श्रेष्ठ, कालिका क्याम्पस पोखराका क्याम्पस प्रमुख ज्योतिबाबु पौडेल, समाजसेवी सीता गुरुङ्ग लगायतका सभासदहरुले शुभकामना मन्तब्य राखेका थिए । क्याम्पसका सञ्चालक समिति उपाध्यक्ष तथा कन्यामा.वि. प्रधानाध्यापक प्रेम बहादुर बुढाथोकीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमलाई क्याम्पसको सहायक क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठले सञ्चालन गरेका थिए ।

Facebook Comments