किनमेलको स्थल बन्दै लेखनाथ महोत्सव

लेखनाथ ४ पुस । विहिवार देखि कास्कीको लेखनाथमा संचालीत १६ औं सस्करणको लेखनाथ महोत्सव किनमेलको स्थल बनेको छ ।

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको महोत्सवले उत्पादक र उपभोक्तालाई एकै ठाँउमा भेटाउने चाजो पाजो मिलाएपछि महोत्सव स्थल किनमेलको स्थल बनेको हो ।

दर्शकहरुलाई मनोरङजन दिनका लागि स्टेजमा राखिएका मनोरञ्जतात्मक कार्यक्रमहरु हेरेपछि बाहिरीने े दर्शकहरु आफुलाई आवस्यक पर्ने सामानहरु लिएर फर्कने गरेकाले महोत्सव ब्यापारीक केन्द्रसग सगै किनमेलको स्थल पनि बन्न सफल भएको हो ।

नुन देखि सुनसम्म गाडी देखि साडीसम्मका सामाग्री रहेको महोत्सवमा सुक्रवार मेगाटेक ईन्टरनेशन प्रा ली ले राखेको करतार टयाक्टर १७ लाख ९५ हजारमा बिक्री भए पछि सुक्रवारको कारोवारमा हुव्त्तै बढेर करिव २० लाख बरावरको आर्थीक कारोवार भएको आयोजक सस्थाका महसचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिएका छन् ।

महोत्सवमा रहेका करिव तिन सय ४० वटा स्टलहरुबाट दर्शकले आफुले रोजेका र खोजेका सामान पाउने भए पछि सामान किनमेलका लागि मात्र पनि दर्शकहरु महोत्सव स्थल भित्र छिरेकाले सुक्रवार मात्र करिव १० हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघको दावी रहेको छ ।

क्रेता र विक्रेताको संगम स्थल नै महोत्सव भएकाले यहाँ आउने कोही पनि दर्शकहरु खाती हात नभई के न केही सामाग्र लिएर जाने गरेकाले यस पालीको महोत्सवले पनि सवैको मन जित्न सफल हुनेमा संघका अध्यक्ष बलराम ढकाल विश्वस्थ देखिन्छन् ।

पुसको १५ गतेसम्म लेखनाथको तालचोकमा संचालन हुने महोत्सवको दोस्रो दिन लोक दोहोरी ईन्द्रेणीको छायाकंन, ठकुरी समाजको सास्कृतीक झाँकी,विश्व नेपालीको लाईभ पप कन्सट र विद्यालय स्तरिय लोक नृत्य प्रतियोगितामा कास्की मोडनाज एकेडेमी,न्यू लाईट स्कुल र प्रि एपेक्स ग्रुप स्कुलको प्रस्तुती रहेको प्रचार प्रसार उप समितिका संयोजक राजु सुवेदीले जानकारी दिएका छन् ।

Facebook Comments