कति अटेरी ? जिल्ला प्रहरी कार्यालय कास्की अगाडी नै हेरौं त । लकडाउन हाम्रै लागि होईन र ?

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख ७

नेपाल सरकारले नेपाल पनि कोरोनाभाइरसको जोखिममा रहेकोले देशभर लकडाउन लागु गरेको छ । जनताको स्वास्थ्य सुरक्षाको लागि यो भन्दा उपयुक्त उपाए अर्को छैन ।

लकडाउन अत्यावस्यक काम बाहेक जता मन लाग्यो त्यहाँ जान, घुम्न, आफन्तलाई भेट्न, मर्निङवाटकमा निस्कन, सडकमा हिड्न, भिड, समूहमा जम्मा भएर रमाईलो गर्नका लागि लागु गरेको होईन । लकडाउन राजनीतिक नारा अनुसार हुने गरेका बन्द जस्तो पनि होईन, बिहान ६ वजे देखि बेलुका ६ वजेसम्मका लागि बन्द र खुल्ने गरेको जस्तो ।

लकडाउन, लकडाउन भईञ्जेलसम्मका लागि २४ सै घन्टा हो । यो भनेको हरेक नागरिक सुरक्षित तवरले आआफ्नै घरमा सुरक्षित तवरले बस्न र सुरक्षित रहनका लागि हो । र स्वास्थ्यमा समस्या आएको खण्डमा छिटो स्थानिय तह, प्रहरीमा सम्पर्क गर्ने र स्वास्थ्य संस्थामा गएर परिक्षण गराउने हो ।

तपाँई हामीले घर वरपर कोहि विदेशबाट आएका छन् भने तुरुन्त स्थानिय तह, नजिकको प्रहरीलाई जानकारी दिने गरौं नलुकाऔं । यसो गरे संक्रमितलाई पनि जोगाउन सकिन्छ, आफु बाँच्न र अरुलाई पनि बचाउन सकिन्छ ।

शनिवार बिहान जिल्ला प्रहरी कार्यालय कास्की अगाडी एउटा दृश्य देखियो । प्रहरीले अत्यावस्यक काममा बाहेक सडकमा हिंडिरहेका मानिसलाई सडकमै रोक्नु पर्यो । सडकमै उनिहरुलाई केहि समय उभ्याएर लकडाउनको बारेमा सम्झाउनु बुझाउनु पर्यो र छोड्नु पर्यो ।

विश्वका शक्तिसाली देशहरु कोरोना विरुद्धको लडाँईमा छन् । शक्ति र पूँजीले सम्पन्न भएर पनि त नहुँदो रहेछ । वा अन्य देशहरु, नेपाल सहित २१० देशहरुले भोगिरहेको एउटै समस्या कोरोनाको कहर नै हो । यसका लागि सिंगो विश्व एक भएर लड्नुको, सरकार र स्वास्थ्यकर्मिले अवलम्वन गर्न लगाएका कुराहरुको अनुसरण गर्नु बाहेकको अर्को विकल्प छैन ।

झण्डै साढे २३ लाख मानिस संक्रमित भएका छन् । १ लाख ६० हजार वढिको मृत्यु भईसकेको छ । अहिलेसम्म यहि हो भनेर औषधी पत्ता लागेको छैन । तर वैज्ञानिकहरु लागि रहेका छन् । उपलव्ध श्रोत साधनले उपचार भईरहेको यो अवस्थामा हाम्रो मुलुक र हामी नेपालीले के धान्न सक्छौं ? थेग्न सक्छौं ? एक पटक गम्भिर भएर सोच्नुस् र सरकारले लागु गरेका नीति नियमको परिधिमा रहेर बसौं ।

घरभित्रै सुरक्षित तवरले बसौं । घर बाहिर निस्कनु न त बहादुरी हो, न त कुनै जित हो बरु सबैभन्दा खतरा हो । आफु पनि बुझौ र अरुलाई पनि सुझाऔं । सरसफाईमा ध्यान दिऔं, पटक पटक साबुन पानीले हात धुने गरौं, कम्तिमा २० सेकेण्ड मिचिमिचि हात धोऔं, सेनेटाईजरको प्रयोग गरौं र मास्क लगाऔं ।

Facebook Comments